अध्यक्ष रावलले चढ्ने गाडी विरामी बोक्न प्रयोग – Karnali News

अध्यक्ष रावलले चढ्ने गाडी विरामी बोक्न प्रयोग

 २५ बैशाख २०७८, शनिबार ०७:५७  

नौरते नेपाली, वैशाख २५ जुम्ला
जुम्लाको सिँजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले गाउँपालिकाको गाडी कोरोना संक्रमित बोक्न प्रयोग हुने बताउनु भएको छ । संकटका बेला संक्रमित ओसार पसार गर्न आफु चढ्ने गाउँपालिकाको गाडी एम्बुलेन्सका रुपमा प्रयोग भएको उहाँको भनाइ छ ।

कोभिड बिरामी बोक्नको लागि आफु चढ्ने गाडी पनि विरामी बोक्न प्रयोग हुने रावलको भनाइ छ । संकटको बेला जनताको भरपुर सेवा गर्न स्थानीय सरकारका प्रमुखले प्रयोग गर्दे आएको सवारी संक्रमित विरामी बोक्न प्रयोग गरिएको अध्यक्ष रावलले बताउनु भयो । उहाँका अनुसार एम्बुलेन्सले धान्न नसकेको खण्डमा दुईवटा गाडि कोरोना संक्रमित बिरामिहरुका लागि उपलब्ध गराउन सकिने जानकारी दिनुभयो ।

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना माहामारी दिन प्रतिदिन तिव्र गतिले फैलिरहेकोले सो को रोकथामका लागि जुम्लामा निषेधाज्ञा जारी गरिएको छ । सवारी साधानहरु पनि पुर्ण रुपले बन्द गरिएकोले गाउपालिकाले कोरोना संक्रमित बिरामिहरुका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनु भयो ।

कोरोना संक्रमित बोक्नका लागि सजिलै गाडी नपाउने भएकाले आफ्नो गाउपालिका भित्रका नागरिकले त्यो समस्या झेल्नु नपरोस भनेर एम्बुलेन्स सहित गाडि उपलब्ध गराएको उहाँको भनाइ छ । कोरोना संक्रमित बिरामिहरुका लागि गाउपालिकाले एम्बुलेन्स सहित तिन वटा गाडि उपलब्ध गराउदा स्थानिय पनि खुसि भएका छन ।