३७ जना किसानलाई दुहुना भैँसि वितरण – Karnali News

३७ जना किसानलाई दुहुना भैँसि वितरण

 १६ बैशाख २०७८, बिहीबार ०७:५९  

कालीवहादर परियार, वैशाख १६ जुम्ला
किसानको आयआर्जनमा वृद्धि गर्नको लागि जुम्लाको गुठीचौर गाउँपालिकाले ३७ जना किसानलाई दुहुना भैँसि वितरण गरेको छ । दुध बेचेर किसानको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले दुहुना भैँसि गाउँपालिकाले वितरण गरेको हो । वडा नम्बर ४ र ५ का ३७ जना किसानलाई भैँसि वितरण गरिएको गाउँपालिका अध्यक्ष हरीवहादुर भण्डारीले बताउनु भयो ।

उहाँका अनुसार किसानहरुलमई दुध बेचेर आत्मनिर्भर गराउन भैँसि वितरण गरिएको जानकारी गराउनु भयो । महिला र यूवा उद्यमीहरुलाई गाउँपालिकाले भैँसि वितरण गरेको अध्यक्ष भण्डाीको भनाइ छ । उहाँका अनुसार गुठीचौर गाउँपािलका पशु शाखाको भैँसि प्रर्वद्धनात्मक कार्यक्रम अन्तर्गत गुठीचौर गाउँपालिका वडा नम्वर ४ र ५ मा भैँसि पाल्ने किसानहरुको संख्या बढी भएकाले उनिहरुको व्यवसायमा सहयोग गर्ने उद्देश्यका साथ ३७ जना किसानलाई दुहुना भँैसि वितरण गरिएको अध्यक्ष भण्डारीले बताउनु भयो ।

गुठीचौर गाउँपालिका पशु शाखा प्रमुख धुब्रराज गिरीका अनुसार गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाइने बताउनु भयो । दुधबाट गाउँपालिका आत्मनिर्भर गर्दे किसानको घरखर्चमा पनि सहयोग पुग्ने उहाँको भनाइ छ । गिरीका अनुसार बेरोजगार बसेका युवा र महिलाहरुलाई उद्यमशिल्तामा जोड्नको लागि भैँस वितरण गरिएको जानकारी गराउनु भयो ।

गुठीचौर गाउँपालिकालाई दुध र दहिमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको उहाँले सुनाउनु भयो । दुध बेचेर आम्दानी भएको रकमबाट किसानहरुको जीविका पार्जनमा सहयोग पुग्ने गिरीले जानकारी गराउनु भयो । आर्थिक रुपमा विपन्न नागरिकलाई छनौट गरेर भँैसि वितरण गरिएको उहाँले बताउनु भयो ।