
नौरते नेपाली, फागुन २९ जुम्ला
फागुन महिनाको २६ गतेका दिन नेकपा एमाले केपी पक्षले पार्टी कार्यालयमा राखेको साइनबोर्ड नेपाल पक्षले हटाएको केपी पक्षले आरोप लगाएका छन् । नेकपा एमाले लेखिएको साइनबोर्ड नेपाल पक्षले पार्टी कार्यालयमा राखेको छ । आफुहरुले राखेको साइनबोर्ड नसोधि हटाइएकोमा केपी पक्षले आपत्ति जनाएको छ । नेपाल पक्षले साइनबोर्ड राख्नु भन्दा पहिले केपी पक्षले राखेको साइनबोर्ड हटाउनु पार्टीको हित विपरित भएको केपीपक्षका केन्द्रिय सदस्य धिरेन्द्रराज गिरीले बताउनु भयो ।
उहाँका अनुसार फल्यास प्रिन्टमा पार्टीको साइनबाट राखिएको भन्दै नसोधी हटाइएको विषयमा गम्भिर ध्यान गएको बताउनु भयो । नेकपा एमाले लेखिएको साइनबोर्ड च्यातेर नयाँ साइनबोर्ड राखेको बताउँदै गिरीले पार्टीको हित विपरित काम गर्नेलाई कारबाहीको दायरामा ल्याइने जानकारी गराउनु भयो । पार्टी कार्यालयमा जसले जसरी राखेपनि नेकपा एमाले लेखिएको साइनबोर्ड राखिएको हुनाले हटाउनु पर्ने अवस्था नरहेको उहाँले बताउनु भयो । नेकपा एमालेको आधिकारीक पक्ष केपी ओलीकाले हामी हौँ भनी रहेका छन् भने नेपाल पक्षले आधिकारी आफु रहेको दावि गरेका छन् ।
यता नेकपा एमाले जुम्लाका पार्टी सचिव आदि प्रसाद न्यौपानेले केपी पक्षले राखेको साइनबोर्ड नच्यातेको दावि गर्नु भयो । फल्यास प्रिन्ट भएकाले राम्रो खालको साइनबोर्ड राखिएको उहाँको भनाइ छ । नेकपा एमाले लेखिएको साइनबोर्ड राख्ने कार्यक्रममा केपी पक्षकालाई खबर भएपनि उपस्थित नभएको न्यौपानेले बताउनु भयो । पार्टी अध्यक्ष र पार्टी सचिवको उपस्थितमा राखिएको साइनबोर्ड कसरी अवैधानिक र अमान्य हुन्छ न्यौपानेले प्रति प्रश्न गर्नु भएको छ । सर्वोच्च अदालतको फैसलापछि ३३ महिना पछि पहिलो पटक नेकपा एमाले जुम्लाको बैठक बसेको उहाँले जानकारी गराउनुभयो ।
एमाले अध्यक्ष तिर्थ बहादुर बुढाको अध्यक्षतामा पहिलो बैठक तथा भेला सम्पन्न भएको उहाँको भनाइ छ । भेलाबाट सर्वोच्चको निर्णयलाई सम्मान गर्दै नेकपा एमालेको नयाँ बोर्ड र झण्डा राखिएको सचिव न्यौपानेले बताउनु भएको छ । बिहिबार बसेको पहिलो बैठकबाट जनवर्गीय र पेशागत संगठन सँग समन्वय गरी कार्ययोजना बनाउने निर्णय गरिएको उहाँले सुनाउनु भयो । जुम्लामा नेकपा एमालेको केपी पक्ष र नेपाल पक्षका कार्यकर्ताहरुको बिच रहेको मनमुटापले गुटगत राजनीतिक हावी भएको छ । केपी पक्षको कुरा र निर्णय नेपाल पक्षले नमान्ने नेपाल पक्षका निर्णय केपी पक्षले नमान्दा समस्या भएको हो ।