
नौरते नेपाली, फाल्गुन ८ जुम्ला
जुम्लामा जंगली जनावर घोरल भेटिएको छ । हिमाली बाख्राको रूपमा चिनिने जंगली जनावर घोरल शनिबार विहान झण्डै ४ बजेतिर चन्दननाथ नगरपालिका ६ नर्सिङ थापाको घरमा भेटिएको हो । रातीको समयमा कुकुरले लखेट्दै गरेको अवस्थामा घरमा घोरल आइ पुगेको उहाँको भनाइ छ । रातीको समयमा घरको आगनम आइ पुगेको घोरललाई कुकुरबाट बचाइएको थापाले बताउनु भयो ।
छिनागाउँ पारिको जंगलबाट रातीको समयमा घोरल गाउँ छिरेको घोरलाई कुुकुरबाट बचाएर घरमा राखेको नर्सिङ थापाको श्रीमति मालिका थापाले बताउनु भयो । उहाँका अनुसार घरको आगनमै आएको घोरललाई कुकुरबाट बचाएर डिभिजन वन कार्यालयको जिम्मा लगाउन पाउदा खुसी लागेको बताउनुभयो । पेशाले स्वास्थ्यकर्मी थापाले जंगली जनवार घरमै आएको हुनाले कुकुर र मानिसबाट बचाएर डिभिजन वन कार्यालयकमा बुझाउन पाउदा मन सन्तुष्टि भएको प्रतिक्रिया दिनुभयो ।
वनजंगलमा खानेकुराको अभावले घोरल गाउँ पसेको हुन सक्ने थापाले बताउनु भयो । बढ्दो चोरी सिकारी र वनजंगलको विनाशको कारणले जंगली जनावरहरु सुरक्षित बासस्थानको खोजी गर्दे गाउँ आएको हुन सक्ने थापाको भनाइ छ । रातीको समयमा उद्धार गरि राखिएको घोरलाई जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरी बुझाएको थापाले बताउनु भयो ।
अन्दाजी ७ वर्षको जस्तो देखिने भाले घोरलको थापा परिवारको सहयोगमा उद्धार गरी डिभिजन वन कार्यालय जुम्लामा राखिएको रेन्जर खडकवहादुर महतले जानकारी दिनुभयो । नर्सिङ थापाले खबर गरे लगत्तै डिभिजन वन कार्यालयबाट पुगेको टोलीले घोरलको उद्धार गरी अवस्था हेरी आइतबार जंगलमा छोड्ने गरी कार्यालयमा राखिएको महतले बताउनु भयो । पर्यवारणको असर र वन विनासको कारण आहारा र बासस्थानको खोजी गर्दे घोरल गाउँ छिरेको महतले बताउनु भयो ।
रेन्जर महतका उच्च पहाडी भेगको पहरामा बस्ने घोरल सहरमा भेटिनु नौलो भएको बताउनु भयो । उहाँका अनुसार यो जनावर १५ सय देखि ३ हजार मिटर सम्मको उचाइमा बस्ने गरेको बताउनु भयो । कहिलेकाँही ७ देखि ८ सय मिटरसम्म पनि झर्ने गरेको महतको भनाइ छ ।
वनक्षेत्रको छेउछाउ हुँदै घोरल गाउँ पसेको हुनसक्ने उहाँले बताउनु भयो । घाँस प्रशस्त खाने घोरल सुख्खा समयमा वनमा घाँस नभएको ुहनाले आहाराको खोजीमा बस्ती पसेको महतले जानकारी गराउनु भयो । जंगलमा चर्देचर्दे हिँड्दा रातभरि हिँडेको मेसो थाहा नपाउने भएकाले रातीको समयमा घारेल गाउँ पसेको महतले बताउनु भयो ।
बाख्रा प्रजातिको घोरल संरक्षित जनावर नभएको र नेपालमा प्रशस्त पाइने भए पनि मासुका लागि चोरी शिकारी हुने गरेको छ । छिना गाउँमा घोरल भेटिएपछि फोटो खिच्ने र हेर्न आउने मानिसको भिड लागेको थियो । उद्धार गरिएको घोरललाई आइतबार जंगलमा छोडिने छ ।