
गोल्डेन बुढा माघ ५ गते जुम्ला सदरमुकाममा लोडसेडिङको तालिका सार्वजनिक भएको छ । नेपाल विद्युत प्राधिकरण जुम्ला वित्तरण केन्द्रले एक सूचना प्रकाशित गरेर लोड सेडिङको तालिका सार्वजनिक गरेको हो । अब हरेक दिन दिउसो २ देखि ५ बजेसम्म, विहान ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावर हाउस बन्द हुने छ ।
लोड सेडिङको समुह )क) मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल रहेको छ । समुह (ख) अन्र्तगत बिजयनगर ठूलो, विजयनगर सानो, बोहरा गाउँ, बसपार्क रहेको छ । हरेक साता समुह परिवर्तन गरी विजुली छोडिने जुम्ला वित्तरण केन्द्रले जनाएको छ । जुम्लाले साना जलिविद्युत आयोजनाको विद्युत प्रयोग गर्दै आएको छ । यता लामो समय हुँदै आएको लोड सेडिङका कारण जुम्लाबासीको दैनिक प्रभावित भएको छ ।
भने एसईई तयारी गरिरहेका अन्य विभिन्न लोकसेवा आयोग तयारी गर्ने विद्यार्थीलाई समस्या भएको छ । एसईई तयारी गर्न बजारमा ट्युसन पढ्न आएका र स्थानीय विद्यार्थीलाई समस्या भएको हो । कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले लामो समय लोड सेडिङ हुन थालेपछि झनै समस्या भएको भन्दै चिन्ता गर्न थालेका छन् ।