पृथ्वीनारायण शाहको योग्दान भुल्न नहुने – Karnali News

पृथ्वीनारायण शाहको योग्दान भुल्न नहुने

 २७ पुष २०७७, सोमबार २१:००  

गोल्डेन बुढा पुष २७ गते समृद्ध देश निर्माणमा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको लागि दिएको योग्दान भुल्न नहुनेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । लिच्छिबी कालमा छरिएर रहेका नेपालका ५२ राज्यलाई एकिकृत गरी समग्र नेपाल निर्माण गर्नमा दिएको योग्दानलाइ भुल्न नहुनेमा उनिहरुले जोड दिएका हुन् ।

पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्म जयन्ती तथा एकता दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमको अवसरमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाका अध्यक्ष वेदवहादुर शाहीले सरकारी स्तरबाट कुनै औपचारिक कार्यक्रम नहुनु तथा सरकारले बिदा नदिएकोमा आपत्ति जनाउनु भयो । नेपालीलाई स्वतन्त्रता दिन तथा राष्ट्रिय अखण्डता कायम गर्नको लागि हाल नेपालमा पृथ्वीनारायण जस्ता दुरदर्शी व्यक्तिहरुको खाँचो रहेको कार्यक्रमका सभाध्यक्ष शाहीले आंैल्याउनु भयो ।

शाहीले जनताको मुक्तिको लागि सबै दलहरुको एक्यबद्धता आवश्यक रहेको उहाँले बताउनु भयो । प्रमुख अतिथि तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य धनवहादुर थापाले नेपाली हुनुको पहिचान तत्कालिन राजा पृथ्वीनारायण शाहले दिएको भन्दै राष्ट्र निर्माण अभियान्ताको जन्म दिनको अवसरमा सरकारले बिदा नदिएको आरोप लगाउनु भयो । केन्द्रिय सदस्य मनसुनारले नेपालमा २०६२÷०६३ को जनआन्दोलन पछि आएका विभिन्न सरकारले आफ्नो पुरानो ईतिहास मेटाउन खाजेको गुनासो गर्नु भएको थियो ।

राजा पृथ्वीनारायरण शाहले कर्णालीका २२, गण्डकीका २४ र काठमान्डौंका ८ राज्यलाई एकिकरणमा गरेको योग्दान सहरानीय रहेको भन्दै अहिले दलहरुले संघियताको नाममा देशलाई बिखण्डन गर्न खोजेको सुनारले दाबी गर्नु भयो । यस्तै अर्का केन्द्रिय सदस्य विर्षवहादुर कठायतले पृथ्वीनारायण शाहले राष्ट्र निमार्णका लागि दिएको योग्दानलाई सरकारले सार्वजानिक बिदा नदिएर उपेक्षा गरेको बताउनु भयो ।

अहिले देशमा संघियताको नाम बेचेर राजनैतिक दलहरुले नेपाली जनताको भावनासंग खेलबाड गरेको उहाँले जिकिर गर्नुभयो । देश नरहे सम्म हामी पनि रहदैनौ भन्ने कुरालाई अहिलेका सबै दलहरुले बिर्सेका कारण देशको यो हबिगत यस्तो हुन पुगेको उहाँले बताउनु भयो ।

युवा नेता अनुप थापाले नेपालको ईतिहासलाई नियालेर हेर्ने हो, भन्ने राजा पृथ्वीनारायण शाहको जस्तो राष्ट्र प्रति साहास र दृढसंकल्प भएका व्यक्ति भेटाउन मुस्किल पर्ने जानकारी दिनुभयो । अहिलेको राजनीतिले नेपालको भाईचारा भावनालाई टुक्राउन खोजेको उहाँले बताउनु भयो ।

चार जात छतिस वर्णको देश अहिलेका राजनैतिक दलहरुले ईतिहासमा मात्र सिमित राखेको उहाँको भनाइ छ । वरिष्ठ उपाध्यक्ष कालिवहादुर महतले पृथ्वीनारायण शाहका अधुरा सपनालाई पुरा गर्नु सबै नागरिकको कर्तव्य भएको बताउनु भयो । राष्ट्रिय एकता आजको आबश्यकता रहेको उहाँले औंल्याउनु भयो ।
यस्तै रतिमान विष्टले पृथ्वीनारायण शाहको पुरुसार्थलाई कसैले पनि बुझ्न नसकेको बताउनु भयो। पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्म जयन्तीको अवसरमा बोल्दै पार्टी उपाध्यक्ष श्रीकृष्ण बुढाले ज्यानको बलिदान दिएर आर्जेको नेपालाई टुक्राउन नदिने आफ्नो पार्टीको रणनिति रहेको बताउनु भयो ।

संघियतामा जादा ७ प्रदेश भएमा देशमा विकास हुने भन्दै अहिले विभाजित प्रदेशले जनताको हित विपरित भएको बुढाको भनाई छ । पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्म जयन्ती अवसरमा राप्रपाका नेता कार्यकर्ता, समाजेसेवी, तथा पत्रकारहरुको सहभागितामा विभिन्न कार्यक्रम गरी सकिएको थियो ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ साल पुस २७ गते जन्मिनु भएका शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

पृथ्वी जयन्तीको अवसरमा विगतमा सार्वजनिक बिदा दिइने गरेको थियो । पछिल्ला केही वर्षयता बिदा कटौती भएको छ । शाहको २ सय ९९ औं जन्म जयन्ती तथा एकता दिवसको अवसरमा पञ्चेवाजा सहित बजार पक्रिरमा गरी कृष्णमन्दिर अगाडी आएर कोणसभा परिणत भएको थियो ।