गरगहना चोरेर भाग्ने युवा प्रहरीको खोरमा – Karnali News

गरगहना चोरेर भाग्ने युवा प्रहरीको खोरमा

 २४ पुष २०७७, शुक्रबार १७:०३  

गोल्डेन बुढा पुष २४ गते जुम्लामा घरमा काम गर्न राखेका एक युवाले गरगहना लुटेका छन ्। चन्दननाथ नगरपालिका ६ छिना गाउँमा दुर्गादेवी रावलको घरमा राखिएको गरगहना चोर्ने पारस मल्ललाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार उहाँ मुगु जिल्ला खत्याड गाउँपालिका ११ का बासिन्दा हुन ्।घरमा काम गर्ने कामदारका रूपमा बसेका मल्लले गरगहना चोरेर भागेका थिए ।

घर मालिकले मल्लको नाममा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।पीडितको उजुरीका अधारमा प्रहरीले यहि पुस २१ गते प्रहरीले मल्ललाई बसपार्कबाट नियन्त्रणमा लिएको थियो।मल्लाई चोरी गरेको गरगहनासहित पक्राउ गरिएको प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिनुभएको छ।

चोरी गरेको गर गहना सस्तो मूल्यमा किन्ने दुई जना व्यक्ति पनि प्रहरी नियन्त्रणमा छन्।प्रहरीले चोरी गरेको कसुरमा प्रहरी हिरासत कक्षमा राखी अनुसन्धान गरीरहेको छ। उनीहरुलाई जिल्ला अदालत बाट ७ दिन म्याद थपेर अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

उहाँले कोही कसैले कुनै बस्तु वा बहुमूल्य सामाग्रीहरु बिना बिलको बिक्री गर्न ल्याएमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन्।