आगलागी पीडित उपाध्यायको परिवारलाई मेयरद्धारा राहत दिइयो – Karnali News

आगलागी पीडित उपाध्यायको परिवारलाई मेयरद्धारा राहत दिइयो

 २३ पुष २०७७, बिहीबार ०९:१३  

गोल्डेन बुढा पुष २२ गते चन्दननाथ नगरपालिका ३ सिम्खाडा आगलागी पीडित देविप्रसाद उपाध्यायको परिवारलाई राहत प्रदान गरिएको छ ।पीडित परिवारलाई नगरपालिकाले नगद १० हजार रुपैया प्रदान गरेको हो ।उपाध्यायलाई मेयर कान्तिका सेजुवालले राहत प्रदान गर्नु भएको हो । यही पुस १९ गते साझ भएको आगलागीमा उपाध्यायको घरमा आगलागि भएको थियो ।
नगरपालिकाको मापदण्ड बमोजिम राहत प्रदान गरिएको चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालको भनाइ छ ।आगलागि पिडित उपाध्यायको घरमा करिब ४० हजार बराबरको क्षेती भएको सेजुवालले रेडियो कर्णाली जुम्लालाइ जानकारी दिनु भएको छ । सोलारको व्याट्री पट्केर आगलागी भएको पिडित उपाध्यायको भनाइ छ ।करिव आधा घण्टा पछि आगो नियन्त्रणमा आएको थियो ।आगलागि भएको खवर प्राप्त हुने वितीकै नगरपालिकाले दमकल पठाएको थियो।
नगरपालिकाले आफ्नो योजनाहरुमा विपद्लाई पनि उतिकै प्राथमिकतामा राखेर योजनाहरु बनाइरहेको सेजुवालको भनाइ छ।जुम्ला सुख्खा ग्रस्त क्षेत्र हुदाँ आगलागीको पनि प्रचुर सम्भावना भएको भन्दै आउनसक्ने विपद्को लागि सदैब तयार रहेको जानकारी दिनु भयो। स्थानीय तहले विकास निर्माणका परियोजनाहरु तर्जुमा, डिजाइन, निर्माण र व्यवस्थापनमा विपद् जोखिम तथा जलवायु परिवर्तनका असरहरुको प्रभाव सम्बन्धी अध्ययन अनिवार्य रुपमा गनुपर्ने बताउनु भयो ।
नगर तथा ग्रामीण क्षेत्रमा भूकम्प तथा बाढी प्रतिरोधी भवन निर्माण कार्यलाई प्रोत्साहन गर्न भवन निर्माण आचार संहितालाई समय सापेक्ष परिमार्जन गरी अनिवार्य रुपले लागु गर्न उहाँले सुझाव पनि दिनु भयो । जुम्लाको हकमा नागरिकहरुले जुनकुकै काममा असयोग गरेको सेजुवालको भनाइ छ ।
भूबनावट, कमजोर भौगर्भिक अवस्था तथा मौसमी विषमताको कारण बाढी, पहिरो, चट्याङ्ग, आगलागी तथा महामारी जस्ता प्रकोपहरुले गर्दा ठूलो जनधनको क्षति तथा हानि हुने गरेको बताउदै विपद् व्यवस्थापनका विषयमा सरकार, निजीक्षेत्र, ब्यक्ती, समुदाय सबैले जान्नुपर्ने र सरोकार राख्नुपर्ने बिषय भएको बताउनु भयो ।जनसंख्या बृद्धि, गरिबी, अव्यवस्थित शहरीकरण र अनियन्त्रित विकासका कार्यहरुले गर्दा विपद् सङ्कटासन्नतामा अझ बृद्धि भैरहेको उहाँको भनाई छ । यस्तै मानवीय कारणले आगलागी घटनाहरू बढ्दै गएपछि विपद् व्यवस्थापन शाखा चन्दननाथ नगरपालिका जुम्लाले सार्वसाधरणलाई सतर्क रहन आग्रह गरेको छ ।इन्धन अभावले विद्युतीय सामग्रीको प्रयोग बढेपछि यस्तो समस्या देखिन थालेपछि सतर्क रहन आग्रह गरेको हो ।
पछिल्लो समय अग्निजन्य घटना वृद्धि भएको मेयर कान्तिका सेजुवालले बताउनु भएको छ ।घटनाहरू मानवीय लापरवाहीले गर्दा देखिएको उहाँको भनाइ छ।अहिलेसम्म नगरपालिका विभिन्न ठाउँमा आगलागिका घटना भइसकेका छन् ।घरमा पेट्रोलिय पदार्थ राख्दा पनि आगलागी भइरहेकाले त्यस्ता पदार्थ सञ्चित नगर्न र गरे पनि दुर्घटनाप्रति सचेत हुन समेत सुझाइएको मेयर सेजुवालले बताउनु भयो ।
विगत देखि पछिल्लो समयमा जुम्लामा आगलागीका घटना बढिरहेका छन्।नगरबासी सचेत नहुँदा घटना बढिरहेकाले कार्यालय गम्भीर भएको सेजुवालले जानकारी दिनु भयो।अग्निजन्य घटना न्यूनीकरणका लागि कार्यालयले नगरबासीहरुलाई सचेत हुन सुझाव दिएको हो ।विद्युतका कारण घटना वृद्धि भएको भन्दै उपकरण उपयोग गरेपछि बन्द गर्न, लोडसेडिङका बेला बत्तीका स्वीच बन्द गर्न, स्तरीय विद्युतीय औजार एवं उपकरणको प्रयोग गर्न, भोल्टेज अनुसारको उपकरण प्रयोग गर्न, आगलागीबाट हुने जनधनको क्षतिको न्यूनीकरणका लागि घरको भान्सामा राखिएको ग्याँस अनिवार्य रुपमा बन्द राख्ने लगायतका सुझाव दिएको छ ।
यो मौसममा सबैतिर सुक्का हुने र हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागीको संभावना हुँदा सचेत रहन चन्दननाथ नगरपालिकाले आग्रह गरेको छ ।मानिसको हेलचक्रयाइले गर्दा वनमा धेरै डडेलो लाग्ने गरेको छ ।मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस या सडक बढारेको फोहोर नालीमा फालेर आगो लगाउँदा होस यस्तो समयमा धेरै आगलागी हुने सेजुवालको भनाइ छ ।
जनचेतना र प्रचारप्रसारको कमि हुँदा धेरै आगलागी हुने गरेको उहाँले बताउनु भयो ।यसको नियन्त्रणका लागि सबै जना सक्रियताका साथ लाग्न जरुरी रहेको उहाँले बताउनु भयो।आफ्नो जग्गा घरको बारीमा रहेको पातपतिङ्गर पोलेर आगो ननिभाइ नहिड्न समेत आग्रह गरिएको छ ।
हिउँदको समयमा सुख्खा हुने भएकाले आगलागीका लागि जोखिमपुर्ण समय हो ।सलाई,लाइटरजस्ता प्रज्जलनशील वस्तुबाट मात्रै होइन,आगो लाग्न सक्ने सम्भावना विद्युतीय प्रसारणबाट पनि टाढा रहनु पर्ने बताइएको छ ।हामीले प्रयोग गर्ने सलाई, लाइटरलाई जोगाएर नराखेका कारणले कहिलेकाहीँ हाम्रा ससाना बच्चाबच्चीले खेलौनाको रुपमा यस्ता वस्तुको प्रयोग गर्दा आगलागी हुने गरेका उदाहरण हामीसँग प्रशस्त रहेकाले सचेत हुन आवश्यक छ ।