जुम्लामा जुवाडेको बास हिरासत बन्दै – Karnali News

जुम्लामा जुवाडेको बास हिरासत बन्दै

 २३ पुष २०७७, बिहीबार ०८:४५  

गोल्डेन बुढा पुष २२ गते मंगलबार जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दननाथ नगरपालिका १ विमानस्थल नजिकैबाट ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । जुवा खेलेको अवस्थामा फेला परेका उनीहरूबाट नगद ७० हजार रूपैयाँ बरामद गरेको हो । जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा पक्राउ परेका ८ जना जुवाडेलाई म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी माधवप्रसाद काफ्लेले जनाकारी दिनु भएको छ ।

डिएसपी काफ्लेका अनुसार उनीहरूबाट दुई गड्डी ताससमेत बरामद गरिएको छ । पक्राउ पर्नेमा कमल मल्ल, कृष्ण महत, कालीबहादुर बुढा, हरि बुढा, कमल बुढा, जगबहादुर बुढा, हरिबहादुर बुढा र चन्द्र बुढा छन् । कार्तिकमा १० जना जुवाडे पक्राउ परेका थिए । उनीहरु अदालतबाट १५ हजार रुपैयाँमा धरौटीमा छुटेका छन् । पक्राउ परेका सबैलाई जुवा ऐन अनुसार कावार्ही हुने भएको छ । प्रहरी नियन्त्रणमा रहेका जुवाडेलाई म्याद थप गरि अनुसन्धान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले पछिल्लो समयमा जुम्लामा जुवातास खेल्ने क्रम बढेको भन्दै नियन्त्रणका लागि सक्रियता बढाएको हो । प्रहरी कार्यालयले सादा तथा प्रहरी पोशाकमा प्रहरी परिचालन गरेको हो ।

जिल्ला सदरमुकाम खलंगाका आसपासका क्षेत्रमा जुवा खेलाइने स्थानको पहिचान गरेर उच्च सक्रियता बढाइएको प्रहरी प्रमुख डिएसपी माधवप्रसाद काफ्ले बताउनु भएको छ ।

जुवा खेलेको आशंका पाउने वित्तिकै छापा हानेर नियन्त्रणमा लिने गरिएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी माधवप्रसाद काफ्ले जुवातास नियन्त्रणमा प्रहरी सक्रियता बढाएको हो । जुवा खेल्नु भनेको कुलतमा फस्नु हो । जुवाले धनजनको क्षति मात्र होइन् । घरमा अशान्ति सिर्जना गर्छ । धेरैको घरवार नै विर्गिएको छ ।

अहिले जुवा नियन्त्रण अभियानलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले कडा रुपमा हरेको उहाँले बताउनुभयो । जुम्लाको सदरमुकाम क्षेत्रमा जुवातास खेल्ने गरिएको भेटिएको छ । यहाँ व्यवसायिक रुपमा खेलेको पाइदैन बाहिरबाट आएकाले खेल्ने गरेको भेटिएको छ । जुवा खेलिने संभावित ठाउँको पहिचान गरेर प्रहरी परिचालन गरिएको छ ।

जिल्लाको शान्ति सुरक्षामा खलल पुर्याउने खालका कुनै पनि कार्य हुन नदिन उच्च सतर्कता अपनाइएको छ ।’चालु आर्थिक वर्षमा जुवा खेल्ने १८ जना पक्राउ परेका छन् । उनीहरूबाट १ लाख ८९ हजार ९ सय ५० रूपैयाँ बरामद गरिएको छ ।