
गोल्डेन बुढा पुष २२ गते कर्णाली स्पोट्स क्लब जुम्लाले क्लबका अध्यक्ष सरोज शाहीलाइ सम्मान गरेको छ । अध्यक्ष शाहीलाइ खादा र अविरको टिका लगाएर सम्मान गरिएको हो । धावक हरिवहादुर रोकाया क्लबका सदस्य महेन्द्र कार्की, धनराज सुनार र खेलाडीहरुले सम्मान गरेका हुन । बुधबार चन्दननाथ नगरपालिका ५ मा रहेको राजासिममा एक अनौपचारीक कार्यक्रममको आयोजना गरि सम्मान गरिएको क्लबका सदस्य धनराज सुनारले जानकारी दिनुभएको छ ।
सरोज शाहीलाइ कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्यमा नियुक्त गरे पछि सम्मान गरेको उहाँले बताउनु भयो ।यही पुष महिनाको ६ गते बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद परिषद्ले कर्णाली स्पोट्स क्लबका अध्यक्ष सरोज शाहीलाइ कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्यमा नियुक्त गरेको थियो ।सम्मान कार्यक्रमको अवसरमा बोल्दै धावक हरिवहादुर रोकायाले जुम्लाको खेल क्षेत्रले केही फट्को मारेको महसुस भएको बताउनु भयो ।
विगतका वर्षहरुमा खेल क्षेत्रको दिगोविकास गर्न भोग्नु परेका चुनौती र समस्याहरुको केही सम्मान हुनेमा विश्वास लिएको बताउनु भयो।समृद्ध नेपाल बनाउन खेलकूद अपरिहार्य रहेको बताएका बताउनु भएको थियो।खेल देश तथा अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बन्दै गइरहेको र यस्तै जिल्ला स्तरका खेलबाट नै खेलाडीहरु राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय खेल क्षेत्रमा पुगेको स्मरण गर्नु गराउनु भएको छ ।
पूर्वाधार अभावमा खेल क्षेत्र ओझेलमा परेको उहाँको भनाइ छ ।यस्तै महेन्द्र कार्कीले जुम्लाको खेल क्षेत्रलाई गति दिन आवश्यक रहेको बताउनुभयो । स्थानीय सरकारको असहयोगले जिल्लाको खेल क्षेत्रको विकास कठिनाई भएको गुनासो गर्नुभयो । एक्ललैले गरेर खेल क्षेत्रको विकास सम्भव नरहेको सबैलाई साथ दिन उहाँको अपिल रहेको छ ।निति बनाउने स्थानमा पुगेको भन्दै शाहीलाइ अव विगतका जस्तो खेलाडीहरुलाइ समस्या नहुने कार्कीको भनाइ थियो ।
खेलाडीहरुका समस्या र चुनौतीहरु कर्णाली प्रदेश खेलकुद परिषद्ले हल गर्नमा आफु आशावादी रहेको बताउनु भयो ।केही गर्न नसके पनि पछिलो खेलाडीहरुका लागि हौसला हुने बताउनु भयो ।यस्तै नवनिर्वाचि कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य तथा कर्णाली स्पोट्स क्लब जुम्लाले क्लबका अध्यक्ष सरोज शाहीले जुम्लाका खेलाडीहरुका लागि सक्दो सहयोग गर्ने बताउनु भयो ।
निति निमार्ण गर्ने सस्थामा प्रवेश गरेको जानकारी गराउदै खेल क्षेत्रको भौतिक पुर्वाधार निमार्णमा विशेष जोड दिने प्रतिवद्धता जनाउनु भएको छ । खेल अरुका लागि खेल्ने नभइ आफ्नो लागि हो भन्ने हेतुले लागियो भन्ने ढिलो छिटो फलदायी हुने शाहीको भनाइ छ ।