किर्डाक नेपालले २४ औँ स्थापना दिवस भव्य रुपमा मनायो (फोटोफिचर सहित) – Karnali News

किर्डाक नेपालले २४ औँ स्थापना दिवस भव्य रुपमा मनायो (फोटोफिचर सहित)

 ७ असार २०८०, बिहीबार १३:२५  

नौरते नेपाली, असार ७ जुम्ला
कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले २४ औँ वार्षिकत्सव सरसफाई सहित भव्य कार्यक्रम गरि मनाएको छ । सरसफाई कार्यक्रममा शसस्त्र प्रहरी र नेपाल प्रहरीको उस्थितमा पुरै बजार सरसफाई गरिएको हो । बिच बजार हुँदै नेपाली सेनाको खेलमैदानको तल्लो गेटहुँदै हुलाक कार्यालय भएर बसपार्क देखि जिल्ला प्रशासन कार्यालयसम्म बजार सरसफाई गरिएको हो ।

दिवस मात्रै मनाउनु भन्दा नगरपालिकाले नियमित उठाउदै आएको फोहोर संकलनमा सहयोग गर्नको लागि दिवसका अवसरमा सरसफाई कार्यक्रम गरिएको किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार दिवसका अवसरबाट सुरुवात गरिएको सरसफाई अभियान अब महिनाको एक पटक अनिवार्य हुने बताउनु भयो ।

चन्दननाथ नगरपालिका जुम्ला र उद्योग वाणिज्य संघ जुम्लाको समन्वयमा महिनाको एक पटक बजार सरसफाई कार्यक्रम किर्डाक नेपाल जुम्लाले गर्ने अधिकारीको भनाइ छ । दिवसका अवसरमा आयोजित कार्यक्रममा किर्डाक नेपालका बारेमा उहाँले सबै सरोकारवाला निकायलाई जानकारी गराउनु भएको छ ।

किर्डाक नेपालले मानव अधिकार, खानेपानी, स्वास्थ्य तथा सरसफाई, गुणस्तरीय शिक्षा, विपद्, खाद्य तथा सम्प्रभुता, सूचनाको अधिकार, कर्णाली राजमार्ग बनाउनमा पहल, सुशासन र जवाफदेहिता र भूकम्प प्रभावित जिल्लाहरुमा पुननिर्माणका कामहरु गरेको कार्यक्रम निर्देशक अधिकारीले अवगत गराउनु भयो ।

उहाँका अनुसार, आउँदा दिनमा अब किर्डाक नेपालले विश्वले अंगिकार गरेको दिगो विकासको लक्ष्यलाई सहयोग गर्नको लागि हिमाली क्षेत्रका आम नागरिकको अधिकारलाई सुनिश्चिित र जलवायु परिवर्तनले पारेको असरलाई कम गर्नको लागि पैरवी गर्ने बताउनु भयो । चन्द्रागिरीमा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको उपस्थितमा जलवायु परिवर्तन सम्बन्धि सम्मेलन गरिएको जानकारी गराउनु भयो ।

वार्षिकोत्सवका अवसरमा सम्पूर्ण कर्णाली बासिलाई बधाई तथा शुभकामना दिदै किर्डाक नेपालका कार्यक्रम निर्देशक अधिकरीले कर्णालीको विकासमा किर्डाक सधै क्रियाशील रहने बताउनु भएको छ । उहाँका अनुसार कर्णालीको विकासका लागि किर्डाक नेपालले विभिन्न क्षेत्रमा काम गरि रहेको बताउनु भयो ।

किर्डाक नेपालले हालसम्म गरेको काम र गतिविधिका बारेमा उहाँले जानकारी गराउनु भएको थियो । किर्डाकले थालेको अभियानमा सघाउन सबै साझेदार संघ संस्थालाई उहाँले आग्रह गर्दे आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको बताउनु भएको छ ।

किर्डाक नेपालले कर्णालीको दिगो विकासको लागि आगामि दिनमा पञ्चवर्षिय रणनीतिक योजना तयार गर्न लागेकाले सुझाव दिन पनि उहाँले अनुरोध गर्नु भएको छ । सरकारले निर्माण गरेका नीति, नियममा सघाउनको लागि किर्डाक नेपालले काम गरि रहेको उहाँले जानकारी दिनुभयो । यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले कर्णालीको विकासमा किर्डाक नेपालले गरेको काम स्वागत योग्य भएको बताउनु भयो ।

विकास निर्माणका विषयमा कर्णाली राजमार्ग निर्माणमा किर्डाकले गरेको पहल इतिहासमा पनि विर्सन नसकिने उहाँको भनाइ छ । कर्णालीको आर्थिक, सामाजिक र सशक्तिकरणमा किर्डाकले गरेको कामको सिको अन्य क्षेत्रले पनि गर्न आवश्यक रहेको थकालिले उल्लेख गर्नु भयो । यसैगरि, गुठीचौर गाउँपालिका जुम्लाका अध्यक्ष दानवहादुर बुढाले सुशासन र जीविकोपार्जनका क्षेत्रमा किर्डाक नेपालले गरेको कामको प्रशंसा गर्नु भएको छ ।

समृद्धिका लागि हरेक क्षेत्रले सकरात्मक काम गरेकोमा कर्णालीको विकास सोचे भन्दा राम्रो हुने उहाँले बताउनु भयो । अध्यक्ष बुढाका अनुसार, कर्णालीमा धेरै गैर सरकारी संस्था भएपनि सबैले राम्रो काम गर्न सकेको अवस्था छैन् । यस्तै तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नन्द प्रसाद चौलागाईले जुम्लाका नागरिकलाई दिएको शिक्षाले नागरिक सचेत भइ आफ्नो अधिकारको खोजी गर्न सक्ने भएको औँल्याउनु भयो ।

विपद्का क्षेत्रमा तातोपानी गाउँपालिकामा किर्डाक नेपाल जुम्लाले गरेको कामको उहाँले सम्मान व्यक्त गर्नुभयो । आउँदा दिनमा पनि सहयोग र सहकार्य गर्न स्थानीय सरकार तयार रहेको उहाँको भनाइ छ । यसैगरि, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले गैर सरकारी संघ संस्थाले पारदर्शिता र डलरको खेति गर्छन भन्ने भ्रम चिर्नु पर्ने बताउनु भयो ।

किर्डाक नेपालले मानव अधिकार प्रवद्र्धन र संरक्षणमा गरेको कामको सिको अरुले पनि गर्नु पर्ने उहाँले बताउनु भयो । आगामि दिनमा किर्डाक नेपालले गर्ने कामको सफलताको शुभकामना दिदै उहाँले सँगसँगै कर्तव्यका बारेमा नागरिकलाई जानकारी गराउन पनि आग्रह गर्नु भएको छ । रेडियो कर्णाली जुम्लाका स्टेशन म्यानेजर गोर्खवहादुर थापाले रेडियो कर्णालीको स्थापनाका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका किर्डाक नेपालका बोर्ड सदसइ भिमवहादुर सार्कीले किर्डाक नेपालसँग कार्यक्रम नभएपनि अभियान र परिवर्तनको आन्दोलनमा हातेमालो गर्न तयार रहेको बताउनु भयो । किर्डाक नेपालले गरेको कामको सबै क्षेत्रबाट बयान भएको सुन्दा खुसी लाग्ने गरेको उहाँको भनाइ छ ।

सार्कीका अनुसार सामाजिक रुपमान्तरणका क्षेत्रमा किर्डाक नेपालले खेलेको भूमिकालाई सबैले सम्मान गरेको सुन्दा आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम संचालन गर्न सहयोग पुग्ने बताउनु भयो । दिवसको अवसरमा आयोजित कार्यक्रममा चन्दननाथ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हेमु बुढथापा, वल्डभिजन इन्टरनेश्नल नेपालका जुम्ला प्रतिनिधि भेषवहादुर रावल, मर्सिकोर नेपालका सन्जित श्रेष्ठ, नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रवहादुर शाही,

नागरिक समाज जुम्लाका संयोजक राजहावदुर महत, पेश नेपाल जुम्लाका कार्यकारी अध्यक्ष किशोर न्यौपाने, जाईका जुम्लाका प्रतिनिधि दिपराज रावत, उद्योण वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटा र स्थानीय नगारिक नरवहादुर रावतले शुभकामना दिनु भएको छ । साथै USAID को आर्थिक सहयोग, मर्सिकोर नेपाल र किर्डाक नेपाल जुम्लाबाट संचालित भकारी परियोजनाको जिल्ला स्तरमा समापन गरिएको छ ।