
सीता कुमाई, पुष २५ जुम्ला
पछिल्लो समय जुम्लामा बाल बिवाह र लागु औषधको दुव्र्यसनी बढ्दै गएको छ । बाल बिवाह र लागु औषध प्रयोग बढ्नुका विभिन्न कारण मध्य अभिभावकको लापरबाहि मुख्य कारण हो । आफ्ना छोराछोरीका नियमित गतिविधि ननियाल्ने, निगरानी नगर्ने जस्ता कुराले बाल विवाहले गाउँघरमा प्रसय पाएको छन् ।
अझ बेलैमा बिहे गरिदिए पुण्य कमाउने पुरातन सोचले समेत बालबिवाह बढेको छ । त्यस्तै सडकको विकाससंगै यूवायुवति लागु औधषको दुव्र्यसनिमा नराम्ररी फेसका छन् । यसमा अभिभावककै बढी कमजोरी देखिन्छ । बढ्दो बालबिवाह र लागु औषधको दुव्र्यसनीको जोखिमबाट बालबालिकालाई टाढा राख्न किर्डाक नेपालले सचेतनामुलक तालिम, गोष्ठि गर्दै आएको छ ।
जस अन्तर्गत पुस २२ र २३ गते तिला गाउँपालिकाका दुई गाउँमा बाल बिवाह न्युनिकरण र लागु औषध नियन्त्रणबारे अभिभावकलाइ तालिम दिईएको किर्डाक नेपालका फिल्ड अधिकृत श्रीराम थापाले बताउनुभयो । उहाले भन्नुभयो, वल्डभिजन ईन्टरनेश्नल नेपाल र किर्डाक नेपाल जुम्लाको साझेदारीमा संचालित बाल संरक्षण कार्यक्रम अन्तर्गत सिंजा ऋभ्क्ए परीयोजना मार्फत तिलाको वडा नं १ रारागाउँ र वडा नम्बर ७ पुरु गाउमा १÷१ दिने अविभावक शिक्षा (तालिम) सम्पन्न भएको बताउनु भयो ।
अभिभावकले बालबिवाह नगराउने प्रतिबद्धता समेत गरेका छन् । उक्त कार्यक्रममा रारालिहि प्रहरी चौकी र तिला गाउँपालिकाको समेत समन्वय रहेको थियो । दुई दिने तालिममा अभिभावकलाई बालबिवाह र लागु औषधले बालबालिकाको शारिरिक, मानसिक रुपमा गर्ने असर, शक्षा, स्वास्थ्य रोजगारबाट बन्चित हुने र मृत्यु समेत हुने भएकोले सचेत रहन बालबालिकाको नियमित निरागरानि राख्ने बारेमा सिकाईएको छ । तिला वडा नम्बर १ का वडाध्यक्ष जंग बहादुर बस्नेतले वडाबाटै बालबिवाह न्युनिकरण अभियान थालिने बताउनुभयो ।
उहाँले भन्नुभयो, बालबिवाह गर्नेलाई सरकारी सेवा सुविधाबाट बन्चित गराईने छ । भने अभिभावकलाई समेत जरिवाना तिराइने छ । उहाँले भन्नुभयो, अभियानकै रुपमा अघि बढ्न तयार छौ । सामाजिक कुरितिहरुलाई न्युनिकरण गर्नका लागि किर्डाकले स्थानीय सरकार, प्रहरी चौकि, स्थानीय बुद्धिजीविहरु संग प्रभावकारी समन्वय गरि आगामी दिनमा पनि सचेतनाका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने अभिभावकको माग छ ।
यस्तै तिलाखगाउँपालिका रारालिहिमा रहेको प्रहरी चौकीका इन्चार्ज रामबहादुर रोकायाका नुसार बालबालिका बिग्रनुमा मुख्यत अभिभाबको जिम्मेवारी भएको बताउनुभयो । इन्चार्ज रोकायाका अनुसार आफ्ना वालवालिकाको रेखदेख सबैभन्दा पहिले घरको अभिभावकले गर्नुपर्ने बताउदै यदी आफ्ना नानीबाबु गलत बाटोमा जान लागेको थाहा पाउने वित्तिकै सचेत गराउने बताउनुभयो ।
प्रहरी चौकीका ईन्चार्जले पनि अब कडाईका साथ लाग्ने प्रतिबद्धताको साथै चौकी र गा.पा.ले गर्ने काममा थप सहयोग गरेकोमा किर्डाक नेपाल र वल्ड भिजनलाई धन्यवाद दिदै यस्ता कार्यक्रम सम्पुर्ण गाउमा सबै अविभावकलाई हुनुपर्ने बताउनु भयो ।