
कालीवहादुर परियार, साउन २१ जुम्ला
महिलाको आयआर्जनमा टेवा पु¥याउने हेतुका साथ तिला गाउँपालिकामा २ महिने ढाँका बुनाई सम्बन्धि तालीम संचालन भएको छ । सीप सिकि आत्मनिर्भर बनाउनको लागि तिलाका महिलालाई २ महिने ढाँका बुनाई सम्बन्धि तालीम संचालन गरिएको हो । वल्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोग उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला, तिला गाउँपालिका जुम्लाको आयोजना र किर्डाक नेपालको साझेदारीमा ढाँका बुनाई सम्बन्धि तालीम संचालन भएको हो ।
तालीम शनिबारदेखि संचालन भई २ महिना सम्म जारी रहने किर्डाक नेपाल जुम्लाले जनाएको छ । २ महिने सीपमुलक तालीमको उद्घाटनमा सम्बोधन गर्दै तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले कर्णाली प्रदेशमा सबै भन्दा महिला पछि परेको बताउनुभयो । उहाँका अनुसार २ महिना सम्म तन मन लगाएर सीप सिक्न अनुरोध गर्नुभएको छ ।
उपाध्यक्ष बुढाका अनुसार हरेक हिसावले पछि परेका महिलालाई आयआर्जनमा जोड दिनको लागि यो संस्थाले ठुलो योगदान गरेकाले यसको सहि सदुपयोग गर्नुपर्ने बताउनुभयो । म पनि महिला भएकाले महिलाको क्षेत्रमा सँधै लागि पर्ने उहाँको भनाइ छ । बुढाका अनुसार सीपलाई चासोका साथ लिन अनुरोध गर्नुभएको छ ।
ढाँका उद्योग संचालन गरि महिलाले ३० देखि ४० हजार सम्म कमाउन सकिने उहाँले बताउनुभयो । यस्तै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका कार्यालय प्रमुख श्रीकृष्ण देवकोटाले सीप सिकौँ रोजगार बनौँ भन्ने मुल हेतुका साथ किर्डाक नेपालसँग सहकार्य गरेर महिलाको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले यो कार्यक्रम गरिएको बताउनुभयो ।
उहाँका अनुसार जुम्लामा अहिले हजारौँको संख्यामा उद्योग दर्ता भएका छन । तर, अनुदानका लागि मात्रा उद्योग दर्ता गरेको आरोप लगाउनुभयो । कार्यालय प्रमुख देवकोटाले अहिले जुम्लामा २ लेखी ३ जनाले मात्रा उद्योग संचालन गरेको बताउजुभयो । उहाँका अनुसार तिलाका महिलाले यो सीप सिकेर पछि उद्योग दर्ता गर्न अनुरोध गर्नुभएको छ ।
यस्ता खालका सीप सिकेर रोजगारको बाटो बनाउनको लागि तयार हुन उहाँले जानकारी दिनुभयो । जुम्लाको सन्दर्भमा बार्षिक १५ सय देख २ हजार जनाले विभिन्न सीप सिक्ने गरेता पनि ब्यवहारमा शुन्य रहेको उहाँले बताउनुभयो । किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत श्री बहादुर भण्डारीले अहिले सम्म संचालन भएका विभिन्न सीप मध्य ढाँकाको बुनाई सीप केही अप्ठ्यारो भएको बताउनुभयो ।
उहाँका अनुसार २ महिना सम्म ढाँकाबाट सारी, सल, टोपि बनाउने ढाँका कपडा, पछ्यौरी र बिभिन्न ढाँकाका सामाग्री निर्माण गरिने बताउनुभयो । २ महिना सम्म आफ्नो समयको बर्बाद नगरी समयको सहि सदुपयोग गरि सीप सिकि आयआर्जनमा ध्यान दिन देवकोटाले अनुरोध गर्नुभएको छ ।
यस्तै किर्डाक नेपाल जुम्लाका सामाजिक परिचालक मान बहादुर रावतका अनुसार जुम्लाका ८ वटा स्थानीय तह मध्ये तिला गाउँपालिका विकट र सबै हिसावले पछि परेकाले महिलालाई आत्मनिर्भर बनाउनको लागि तालीमको आयोजना गरिएको बताउनुभयो ।
उहाँका अनुसार यो तालिमबाट सीप सिकि सके पछि रोजगारको बाटोमा लागेको देख्न पाउने अपेक्षा गरेको सामाजिक परिचालक रावतले बताउनु भयो । २ महिने ढाँका बुनाई सम्बन्धि तालीममा २० जना महिलाहरु सहभागी भएका छन् ।