किर्डाकले किसानहरुलाई क्षमता अभिवृद्वि सम्बन्धि सीपमुलक तालीम दिदै – Karnali News

किर्डाकले किसानहरुलाई क्षमता अभिवृद्वि सम्बन्धि सीपमुलक तालीम दिदै

 ५ श्रावण २०७९, बिहीबार ०७:०४  

कालीवहादुर परियार, असार ५ जुम्ला
तिला गाउँपालिका भित्रका विभिन्न वडाका नागरिकलाई क्षमता अभिबृद्वि सम्बन्धि सीपमुलक तालीमको उद्घाटन गरिएको छ । सीप सिकेर आत्मनिर्भर बनाउनको लागि तिला गाउँपालिका१, ६, ८ र ९ नम्बर वडाका बासिन्दालाई क्षमता अभिबृद्वि सम्बन्धि सिपमुलक तालिमको उद्घाटन गरिएको हो । कार्यक्रम बुधबार देखि १० दिन सम्म सञ्चालन हुजे किर्डाक नेपाल जुम्लाले जनाएको छ ।

१० दिने सीपमुलक कार्यक्रमको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाको प्रमुख आतिथ्यमा उद्घाटन गरीएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाअध्यक्ष गोरीकला बुढालेल तिलाका नागरीकलाई किर्डाकले तालिम दिएकोमा धन्यवाद दिनुभएको छ । उहाँका अनुसार यो १० दिने तालिमबाट सिकेका कुरालाई ब्यवहारमा उतार्न पनि उहाँले अनुरोध गर्नुभएको छ ।

उपाध्यक्ष बुढाका अनुसार १० दिने तालिमले बेरोजगारलाई रोजगार बनाउने अपेक्षा गरेको बताउनुभयो । तालिमको महत्व बुझ्न र भबिष्यमा हुने फाईदालाई मध्य नजर गर्न उहाँले सुझाव पनि दिनुभएको छ । किर्डाक नेपालले गरेको लगानीलाई सदुपयोग गर्ने गरी सीप सिक्न उहाँले अनुरोध पनि गर्नु भएको छ ।

यस्तै तिला गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष जंग बहादुर बस्नेतले यो कार्यक्रम एक दमै महत्वपूर्ण रहेको सुनाउनुभयो । उहाँका अनुसार यस्ता खालका सीप सिक्न पैशा तिर्नु पर्ने बताउँदै किर्डाक नेपालले निःशुल्क तालीम दिएकाले ब्यवहारमा लागु गर्न उहाँले अनुरोध पनि गर्नु भएको छ । वडाअध्यक्ष बस्नेतका अनुसार बेरोजगार बस्नुभन्दा यो तालिमबाट सीप सिकेर आत्मनिर्भरको बाटोमा लाग्न सुझाव दिनुभएको छ ।

यस्तै किर्डाक नेपालका बाल संरक्षण अधिकृत श्रीराम थापाका अनुसार बेरोजगार बसेकालाई रोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरीएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय स्तरमा उत्पादन भएका रैथाने बालीबाट नमकिन, समोसा, दोनट, केक, मम बनाउनका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।

तिला गाउँपालिका वडा नम्बर १, ६, ७, ८ र ९ नम्बर वडा भित्रका एकल महिला, बिपन्न परिवार, दलित र रोजगारी गुमाएका नागरिकलाई छनोट गरिएको उहाँले बताउनुभयो । थापाका अनुसार बेरोजगार बसेका नागरीकलाई पछि तालीमबाट सिकेको सिपले ब्यवसाय गर्न मद्दत पुर्याउने बताउनुभयो ।

उत्पादन भएका रैथाने कृषि बालिबाट विभिन्न परिकार बनाउन सिकेपछि पछि होटेल ब्यवसाय गरि जीवनयापन गर्न सकिने उहाँले बताउनुभयो । यस्तै किर्डाक नेपालका फिल्ड अफिसर श्री बहादुर भण्डारीले १० दिनको तालीमलाई सानो तिनो नसम्झन अनुरोध गर्नुभयो । उहाँका अनुसार तालिमबाट सिकेका कुरा पछि ब्यवहारमा लागु गर्न उहाँले सुझाव दिनुभएको छ । गाउँमा केहि गर्छु भन्ने आट भएका तर सिपका कारणले पछि परेका नागरिकका लागि यो तालीमले सहयोग गर्ने उहाँले बताउनुभयो ।