
असार १० जुम्ला
काठमाण्डौँमा रहेको भ्वाईस अफ चिल्ड्रेन संस्थाले जुम्लाको एक जना १४ वर्षको बालकलाई भेटाएको छ । काठमाण्डौँको गौशाला नजिकै बेबारिसे अवस्थामा हिडडुल गर्ने क्रममा मित्र बोहोरालाई उक्त संस्थाका कर्मचारीहरुले भेटाएका हुन् । जुम्ला पातारासि गाउँपालिका लोर्पा÷उथु्र्र घर बताउने बालकलाई भेटाएको भ्वाईस अफ चिल्ड्रेन संस्थाका किरण नेपालले बताउनु भयो ।
उहाँका अनुसार उक्त बालक हराएको झण्डै ६ वर्ष जति भएको आफुले जानकारी पाएको बताउनु भयो । बालकले नै ६ वर्ष पहिले देखि आफु हराई रहेको बताएको उहाँको भनाइ छ । जन्म दिने आमा रुपा बोहोरा गाउँमै अर्काेसँग विवाह गरि सकेको उक्त बालकले बताएको नेपालले जानकारी गराउनु भयो ।
घरमा सौतेनी आमा भएकाले घरबाट बालक भागेको हुन सक्ने उहाँले बताउनु भयो । गाँैगोरो वर्णको बालक भेटिएको हुनाले सम्पर्क गर्न उहाँले अनुरोध गर्नु भएको छ । बालकलाई अहिले गोदावरी नगरपालिका ललितपुरको लुभि भन्ने ठाउँ नजिक रहेको भ्वाईस अफ चिल्ड्रेन संस्थाले सुरक्षित हिसाबले राखेको नेपालले बताउनु भयो ।
बुबाका नाम दिपक बोहोरा बताउने बालकले स्पष्ट ठेगाना भन्न नसकेको उहाँले जानकारी गराउनु भयो । नेपालका अनुसार बालकका आफन्तले सम्पर्क गरी समयमै जिम्मा लिई दिनको लागि अनुरोध गर्नु भएको छ । भ्वाईस अफ चिल्ड्रेन संस्थामा बालकलाई राखिएको हुनाले ९८४३६०४६५ र ९८४८३९४३९९ नम्बरमा फोन गर्न पनि उहाँले आग्रह गर्नु भएको छ ।
बालकको वास्तविक ठेगाना पहिचान भएमा आवश्यक कागजात मागेर संस्थाले पठाउने तयारी गरेको नेपालले बताउनु भयो । बालकलाई घर सम्म जिम्मा लगाउन हामीले खोजेका होइनौँ, उहाँले भन्नुभयो जन्म दर्ता लगायतका कागजात भएमा पढाउन सजिलो हुने थियो । हामीसँग झण्डै २ सय भन्दा बढी बालबालिका छन उनिहरुलाई पनि पढाई रहेका छौँ ।
जुम्लाको बालकलाई घरसम्म पठाउने चाहाना होइन तर जन्म दर्ता आवश्यक परेको नेपालले बताउनु भयो । बालकको पढ्ने चाहने भएकाले संस्थाले उच्च शिक्षासम्म पढाउनका लागि सहयोग गर्ने नेपालको भनाइ छ ।