स्वास्थ्य शिविरबाट ४ सय ७४ जना लाभावन्दित – Karnali News

स्वास्थ्य शिविरबाट ४ सय ७४ जना लाभावन्दित

 ४ असार २०७९, शनिबार १९:५२  

नौरते नेपाली, असार ४ जुम्ला
जुम्लाको हिमा गाउँपालिकाले संचालन गरेको स्वास्थ्य शिविरबाट ४ सय ७४ जना लाभावन्दित भएका छन् । शुक्रबार र शनिबारका दिन प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा संचालन भएको शिविरबाट नागरिकहरु लाभावन्दित भएका हुन् । स्त्रीरोग सम्बन्धि १२६, भिडियो एक्सरे ७८ र हडाजोर्नीका २७० जनाले सेवा लिएको हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण शाहीले बताउनु भयो ।

सबै भन्दा हाडजोर्नी र स्त्रीरोगका विरामीले बढी सेवा लिएको उहाँले बताउनु भयो । महिलाको पाठेघरबाट सेतो पानी बग्ने, ढाड दुख्ने र तल्लो पेट दुख्ने समस्या भएका महिलालाई शिविरले राहत गरेको उहाँको भनाइ छ । शाहीका अनुसार कामको व्यवस्थाले स्वास्थ्य संस्था सम्म पुगेर उपचार गर्न नभ्याउने महिला लागि शिविरबाट सहयोग पुगेको बताउनु भयो ।

सानै उमेरमा विवाह गर्दा, बच्चा छिटो जन्माउदा र महिनावरी भएको बेला हेलचक्र्याई गर्दा पाठेघरमा समस्या हुने स्त्रीरोग विशेषज्ञ डाक्टर सोनम गुरुङ्गले बताउनु भयो । उहाँका अनुसार शिविरमा आएका अधिकांस महिलाहरुको पाठेघरमा समस्या देखिएको बताउनु भयो । केहि महिलाहरुलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म रेफर गरिएको जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो, पाठेघरमा समस्या भएका महिलाहरु शिविरमा उपचार गराउन धेरै आए । यस्तै हाडजोर्नीका विरामीले पनि बढी सेवा लिएको हाडजोर्नी विशेषज्ञ डाक्टर पुजन रोकायाले बताउनु भयो । नशा च्यापिएका, चोटपटक लाग्दा उपचार नगराई बसेका र विभिन्न कारणले हाडजोर्नीको समस्या भएका विरामीलाई गाउँमै पुगेर सेवा दिन पाउदा खुसी भएको उहाँको भनाइ छ ।

पालिका अध्यक्ष शाहीका अनुसार स्वास्थ्य संस्थासम्म पुगेर उपचार गराउन नसक्ने नागरिकका लागि शिविरले ठुलो राहत गराएको प्रतिक्रिया दिनुभयो । विशेषज्ञ डाक्टर सहितको उपस्थितमा भएको स्वास्थ्य शिविरले घरआगमनमै सेवा उपलब्ध भएको बताउनु भयो । उहाँले भन्नुभयो, अब हिमा सरकाले हरेक ३÷३ महिनाको फरकमा स्वास्थ्य शिविर संचालन गर्नेछन् ।

सरकार भएको अनुभूति गराउँदै उपचारको लागि कसैले पनि दुःख पाउनु पर्ने छैन उहाँले भन्नुभयो । सदुरमुकाम सम्म उपचारको लागि जादा खर्च हुने रकमको बचत भएको उहाँको भनाइ छ । यहि असार महिनाको ६ र ७ गतेका दिन निःशुल्क आँखा शिविर संचालन हुने उहाँले बताउनु भयो ।

आँखाको उपचार गर्न आउने विरामीले बस्नको लागि आफै व्यवस्था गर्नु पर्ने भन्दै उहाँले उपचार गाउँपालिकाले निःशुल्क गरि दिने बताउनु भयो ।