
नौरते नेपाली, जेठ ३० जुम्ला
जुम्लाको सिंजा क्षेत्रका ३ वटा स्थानीय तहमा किर्डाक नेपाल जुम्लाले शिक्षामा देखिने काम गरेको छ । हिमा, सिंजा र कनकासुन्दरीमा कर्णाली शिक्षा परियोजना अन्तर्गत किर्डाकले देखिने काम गरेको हो । ग्रामिण क्षेत्रमा बसोबास गर्ने समुदायलाई लक्षित गर्दै संस्थागत विकासमा देखिने काम गरेको उक्त संस्थाले दावी गरेको छ ।
३ वटा स्थानीय तहका शिक्षा शाखा प्रमुख, विद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापकहरुसँग सोमबारका दिन असल अभ्यासहरुको बारेमा छलफल गर्दै किर्डाक नेपाल जुम्लाले शिक्षा क्षेत्रमा देखिने काम गरेको सुभर भाइजर भीमप्रसाद उपाध्यायले बताउनु भयो । विद्यालयमा अध्ययनरत बालबालिकालाई स्थानीय स्तरमा समतामुलक तथा प्रभावकारी शिक्षाको उपयोग र वातावारणीय सरसफाईको माध्यमबाट शैक्षिक गुणस्तरको विकास गराउने काम भएको उहाँको भनाइ छ ।
उपाध्यायका अनुसार जनता शिव आधारभुत, कालिका आधारभुत, हिमा आधारभुत विद्यालय र मालिका मावि विद्यालयमा सुविधायुक्त बाल र अपाङ्ग मैत्री शौचालय निर्माण गरेको बताउनु भयो । विद्यालयमा रहेका शौचालय प्रयोग गर्न नमिल्ने भएका विद्यालयमा नयाँ शौचालय निर्माण भएकाले विद्यालय आउने दरमा विद्यार्थीको संख्या वृद्धि भएको उहाँको भनाइ छ ।
उपाध्यायका अनुसार शौचालयको समस्याले महिनावरी भएको बेला विद्यालय नआउने किशोरी हाल विद्यालयमा आउने गरेको रिपोर्ट प्रस्तुत गर्नु भएको थियो । विद्यालयमा हातधुने ठाउँ, महिनावरी स्वच्छता व्यवस्थापन सामग्री, घरमा पढाई कुना, अपाङ्गता भएका बालबालिकालाई घरमा पढाउने, कम्प्युटर शिक्षा र विद्यालय भवनहरु निर्माण गर्दै देखिने काम किर्डाक नेपालले गरेको उहाँको भनाइ छ ।
उपाध्यायका अनुुसार सिंजाको कालिका आधारभुत विद्यालय र पाण्डवगुफा मावि कोटघरमा नमूना भवन निर्माण गरि स्थानीय सरकारको रोहोबरमा हस्तान्तरण गरि सकेको जानकारी गराउनुभयो । ३ वटा विद्यालय भवन र ६ वटा शौचालय निर्माण भएकोमा २ वटा शौचालय र २ वटा विद्यालय भवन हस्तान्तरण भएको र बाँकि १ वटा भवन र ४ वटा शौचालय हस्तान्तरण गर्न बाँकि रहेको सुनाउनु भयो ।
डोल्पामा २ वटा भवन र २ वटा शौचालय, कालिकोटमा ३ वटा भवन र ९ वटा शौचालय निर्माण भएको उपाध्यायले बताउनु भयो । कार्यक्रमका सहभागीहरुले शिक्षा क्षेत्रमा काम गर्ने सबै संस्थाले गुणस्तरीय शिक्षामा ध्यान दिन अनुरोध गरेका छन् । कतिपए स्थानमा संस्थाले दिएका बिभिन्न सामग्री स्टोरमा थन्काउने गरेको सहभागिहरुले बताएका छन् ।
कार्यक्रमका सहभागिले अब त्यसो नगरेर प्रयोगमा ल्याउन सुझाव समेत दिएका छन् । संस्थागत विकासका माध्यमबाट जीवनस्तर सुधार गर्ने संस्थाको भावी परिकल्पना रहेको उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार किर्डाक नेपालले जुम्लामा रहेका बिभिन्न स्थानीय तहसँग समन्वय गरेर काम गर्दै आएको बताउनुभयो ।
बिषेश गरेर गरिब, दलित, जनजाति, महिला र पछाडी पारिएका वर्गलाई समावेश गराउने संस्थाको मुख्य ध्येय रहेको उहाँले बताउनुभयो । स्थानीय स्रोत साधनको उपयोग एवं संरक्षण तथा सरसफाईको माध्यमबाट प्राप्त हुने उपलब्धिमा सबैको सहभागिता सुनिश्चित गर्ने उहाँले बताउनुभयो ।
किर्डाक नेपालले हातधुने स्थानको ब्यवस्थापन, महिनावरि स्वच्छता व्यवस्थापनको सामग्री निर्माण लगायतका कार्य गर्दै आएको बताईएको छ । कार्यक्रममा बोल्दै सामाजिक विकास अधिकृत तुलाराज चौलागाईले सामुदायिक विद्यालयका शिक्षकहरु रुपान्तरण हुनु पर्ने बताउनु भयो । गैर सरकारी संघ संस्था र नेपाल सरकारले दिएको सीपलाई प्रयोग गर्दै विश्वास योग्य शिक्षा उपलब्ध गराउने भूमिका खेल्नु पर्ने उहाँको भनाइ छ ।
विद्यालयमाा देखिएको समस्या हल गर्नका लागि किर्डाक नेपाल जुम्लाले गरेको कामलाई धन्यवाद दिदै उहाँले गुणस्तरीय शिक्षामा विशेषगरि ध्यान दिन अनुरोध गर्नु भएको छ । सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु प्रति विश्वास गर्ने वातावारण बनाउन अनुरोध गर्दे उहाँले शिक्षक माथि प्रहार भइरहेको बताउनु भयो ।
हिमा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शंकर धितालले आवश्यकताका आधारमा किर्डाक नेपाल जुम्लाले काम गरेको बताउनु भयो । छापामय कक्षा कोठा निर्माण देखि भौतिक संरचनाको विकासमा किर्डाकले खेलेको भूमिका स्वागतयोग्य भएको उहाँको भनाइ छ ।
धितालका अनुसार किर्डाक नेपाल जुम्लाले उपलब्ध गराएको इमिस तालीमको सिको गर्दैै गाउँपालिकाबाट बजेटको व्यवस्थापन गर्दै शिक्षकहरुलाई उक्त तालीम दिएको बताउनु भयो । विभिन्न असल अभ्यासहरु किर्डाक नेपालले सिकाएको बताउँदै उहाँले आगामी दिनमा अनुशरण गर्ने प्रतिक्रिया दिनुभयो ।
रुपेलदेवि आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुन रोकायाले भवन र शौचालय निर्माण गरेकामा किर्डाक नेपाल जुम्लालाई धन्यवाद दिनु भएको छ । पहिले र हालको अवस्थामा विद्यालयको रुप परिवर्तन भएको उहाँको भनाइ छ । प्लान इन्टरनेशनल नेपालका परियोजना विज्ञ दिपेन्द्रसिंह समान्तले बालबालिकालाई लक्षित गरि शिक्षण सिकार्य सामग्री सहयोग गरिएको बताउनु भयो ।
विद्यालयमा बिचमै छोड्ने विद्यार्थीका लागि ५ हजार रुपैयाँको शैक्षिक प्याकेज दिने तयारी भएको उहाँले जानकारी गराउनु भयो । स्थानीय तहसँगको समन्वय र सहकार्यमा शिक्षा क्षेत्रमा भएका असल अभ्यासहरुलाई आगामी दिनमा पनि निरन्तरता दिन उहाँले अनुरोध गर्नु भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा साविकको कर्णालीका ३ वटा जिल्लामा कर्णाली शिक्षा परियोजना संचालन भएको हो ।