
जेठ २२ जुम्ला
विश्व वातावारण दिवसको अवसरमा तिला १ को बाढि तथा पहिरो जाने स्थानमा वृक्षारोपण गरिएको छ । तिला गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष जंगवहादुर बस्नेतको अगुवाईमा वृक्षारोपण कार्यक्रम गरिएको हो । रारागाउँको मुनतिरको पहिरो जाने खोलाको दुवै तिर ओखर, डालेघास, देवदयार, बैँस, र अतिसको बिरुवा रोपिएको हो ।
वातावारण संरक्षण गर्दै बाढि पहिरो रोकथाम गर्नको लागि वृक्षारोपण गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड प्रोग्राम म्यानेजर पकंज शाहीले बताउनु भयो । उहाँका अनुसार वल्र्डभिजन इन्टरनेश्नल नेपालको सहयोग, तिला गाउँपालिकाको समन्वय र किर्डाक नेपाल जुम्लाको सहजीकरणमा वृक्षारोपण गरिएको बताउनु भयो ।
जलवायु परिवर्तनले पारेको असरलाई न्युनिकरण गर्नको लागि सुख्खा ठाउमा बिरुवा रोपेको उहाँले बताउनु भयो । वर्खा सिजनमा खोलो बढेर पहिलो तथा बाढी जाने भएकाले खोलाको किनारमा विरुवा रोपिएको किर्डाक नेपाल जुम्लाले जनाएको छ । वातावारण क्षेत्रको सुधार भएमा जीविको पार्जनमा सुधार हुने बताईएको छ ।
वडाध्यक्ष जंगवहाुर बस्नेतले वृक्षारोपण कार्यक्रमले बाढीपहिरो रोकिने बताउनु भयो । खोलामा प्रत्येक वर्षा बाढि र पहिरो गएर हैरान हुन्छ, अब केही हदसम्म रोकथाम हुने भएको छ । रोपिएका विरूवाको रेखदेख र संरक्षण वडाले गर्ने बस्नेतको भनाइ छ । उहाँका अनुसार म आफै बिरुवा रोप्न लागे, यी बिरुवा हुर्काउने काम वडाले गर्नेछ ।
उहाँले भन्नुभयो, यहाँ पानीको समस्या छ तर, पनि बोक्न लागएर भएपनि विरुवा हुर्काउन लगाउने छु । खोलाको दुवैतिर लगाइएका विरूवाले तटबन्धनको काम गरेको उहाँको भनाइ छ । झण्डै ५ सय विरुवा रोपिएको छ ।