लोकसेवा आयोग तयारी गर्नेलाई छात्रबृत्ति दिइने – Karnali News

लोकसेवा आयोग तयारी गर्नेलाई छात्रबृत्ति दिइने

 १७ जेष्ठ २०७९, मंगलवार १७:४८  

कालीवहादुर परियार, जेठ १७ जुम्ला
जुम्ला गुठिचौर गाउँपालिका वडा नम्वर १ ले वार्षिक रूपमा ५ जनालाई लोकसेवा आयोग तयारीका लागि छात्रबृत्तिको व्यवस्था गर्ने निर्णय गरेको छ । वडाअध्यक्ष अर्जुन कुमार महताराले पदभार ग्रहण गर्दै वडामा यस्तो निणर्य गर्नुभएको हो । पदभार ग्रहण गरकै दिनमा २ वटा काम गर्ने निर्णय भएका छन् ।

वडाका सम्पूर्ण सदस्यको भेला गराई आफ्नो पदभार ग्रहण गरेको पहिलो दिनमा नै वार्षिक रूपमा ५ जनालाई लोकसेवा आयोग तयारीका लागि वडा सरकारबाट छात्रबृत्तिको व्यवस्था गर्ने निर्णय गरेको वडाअध्यक्ष अर्जुनकुमार महताराले जानकारी दिनुभयो । उहाँका अनुसार लोकसेवा आयोग तयारी गर्नका लागि आर्थिक अवस्था कमजोर भएकालाई बार्षिक रुपमा छात्रबृत्ति उपलब्ध गराउने बताउनुभयो ।

वडाअध्यक्ष महताराका अनुसार बार्षिक रुपमा जतिले लोकसेवा आयोग तयारी कक्षाको लागि अन्य जिल्लामा जानेलाई केहि हद सम्म आर्थीक बोझ कम होस भन्नको लागि बार्षिक रुपमा वडाका ५ जना छनोट गरी वडाबाट छात्रबृत्तिको ब्यवस्था गरीने आफ्नो पहिलो प्रतिबद्धता रहेको भएको उहाँले भयो ।

बार्षिक रुपमा वडामा रहेका जेहेन्दार, गरीब र अति बिपन्न परिवारका बिद्यार्थी छनोट गरी बर्षमा ५ जनालाई छात्रबृत्ति उपलब्ध गराईने उहाँको भनाइ छ । यस्तै वडा भित्र रहेका दलित समुदायका लागि डकर्मी सम्बन्धी सम्पूर्ण सामानको उपलब्ध गराउने समेत निर्णय भएको वडाध्यक्ष महताराले रेडियो कर्णाली जुम्लालाई जानकारी दिनुभयो ।

उहाँका अनुसार गुठिचौर गाउँपालिका वडा नम्वर १ भित्रका दलित समुदायका ४२ घरधुरीलाई डकर्मि काम गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण औजारहरू आगामी आर्थिक वर्ष २०७९÷०८० मा निःशुल्क रूपमा वितरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ । डकर्मी सम्बन्धी ज्ञान भएका र आवश्यक सामग्रीको अभावले गर्दा कामबाट बञ्चीत नहुन भन्नको लागि डकर्मी सामन उपलब्ध गराउने निर्णय भएको महताराले बताउनु भयो ।

अबको पाँच वर्षे कार्यकालमा सँधै जनताको साथमा रहेर काम गर्ने उहाँल प्रतिबद्धता जनाउनु भएको छ । उहाँका अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा लागि पर्ने बताउनुभयो ।