
जेठ ५ जुम्ला
जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका दानबहादुर बुढा बिजयी हुनु भएको छ । निर्वाचन कार्यालय गोठिचौरका अनुसार कांग्रेसका बुढाले १७७५ मत प्राप्त गरी बिजयी हुनु भएको छ । उहाँका प्रत्यासी एकिकृत समाजवादीका उम्मेदवार जनक थकालीले १६०४ मत प्राप्त गरी पराजय हुनु भएको छ । उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीका शान्ति कुमारी मल्ल (भण्डारी) बिजयी हुनुभएको छ ।
उहाँले १५०३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रत्यासी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकन्य बुढाले १२१४ मत प्राप्त गर्नुभएको छ । गुठीचौरमा ०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी र माओवादीकै जानदेवी ऐडी निर्वाचित हुनु भएको थियो । निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार दोस्रो स्थानीय तहको निर्वाचनमा गुठीचौरमा ५७०० मत खसेको बताउनु भयो ।