तिलामा ४ वडाको मतगणना गनि सक्दा एमाले उम्मेदवार शाहीको अग्रता – Karnali News

तिलामा ४ वडाको मतगणना गनि सक्दा एमाले उम्मेदवार शाहीको अग्रता

 २ जेष्ठ २०७९, सोमबार १०:०७  

जेठ २ जुम्ला
तिला गाउँपालिकामा एमाले उम्मेदवार रेशम शाहीले अन्य उम्मेदवारलाई पछि पार्दै अग्रता लिनु भएको छ । मतगणनाको सुरुवात देखि नै पछि परेका शाही अहिले पहिलो स्थानमा रहनु भएको छ । ४ वडाको मतगणना सम्पन्न हुँदा उहाँले कुल ९७२ मत प्राप्त गर्दै अग्रता लिनु भएको छ । यस्तै, दोस्रो स्थानमा नेपाली काङ्ग्रेसका एकराज उपाध्यायले ९१७ मत प्राप्त गर्दै उहाँलाई पछ्याइरहेका छन् । भने सुरुवातमा भारी अग्रता लिएको माओवादीले ८२५ मत प्राप्त गरेको छ ।