
नौरते नेपाली, जेठ २ जुम्ला
जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका दामोदर आचार्य अध्यक्ष र प्रेमकली बुढा उपाध्यक्षमा विजयी हुनु भएको छ । नेकपा माओवादि केन्द्रका धनवहादुर रावतलाई पराजित गर्दै आचार्य अध्यक्षमा विजयी हुनु भएको हो । उपाध्यक्षमा पनि नेपाली काँग्रेसका प्रेमकली बुढा विजयी हुनु भएको छ । नेकपा माओवादि केन्द्रका रिता खत्रीलाई पराजित गर्दै बुढा उपाध्यक्षमा निर्वाचित हुनु भएको हो ।
कनकासुन्दरी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको । नेपाली काँग्रेसका निर्वाचित अध्यक्ष आचार्यले नेकपा माओवादि केन्द्रका उम्मेदवार धनवहादुर रावतलाई झण्डै ३०० मतपछि पार्दै गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको हो । आचार्यले गएको चैत महिनामा निजामति कर्मचारी पदबाट राजीनामा दिएर गाउँपालिका अध्यक्षमा लडनु भएको थियो ।