
२१ वैशाख, जुम्ला
जुम्लाको तिला गाउँपालिका २ डुण्डेलीमा माटोको ढिस्कोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । डिएसपी नरेन्द्र चन्दका अनुसार नयाँ घर निर्माणका लागि खनेको जगको माटो खस्दा पुरिएर दुई बालबालिकाको मृत्यु भएको हो ।
स्थानीय रणबहादुर बोहराका तीन वर्षीय बालक शिशिर बोहोरा र अर्का बोहोराकै सालाको छोरा हिमेश रावत रहेको डिएसपी चन्दले नासोलाई बताउनु भयो । मृतक दुबै बालबालिकालाई पोस्ट मार्टमका लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याएको छ ।