
नौरते नेपाली, वैशाख १८ जुम्ला
नेपाली काँग्रेस हिमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार लक्ष्मण शाहीले शिक्षामा हुने विभेद चिर्नको लागि उम्मेदवारी दिएको बताउनु भयो । धनी र गरिबका बिच भएको विभेदकारी शिक्षाको अन्त्य गर्नको लागि उम्मेदवारी दिएको उहाँले बताउनु भएको हो । गाउँमा हुने खाने र हुँदाखादाका बालबालिकाहरु पढ्ने विद्यालयहरु फरक छन उहाँले भन्नुभयो यसैको अन्त्यका लागि मेरो उम्मेदवारी हो ।
शिक्षा क्षेत्रको आमुल परिवर्तन गर्न, सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यममा पढाई गर्न, ५ कक्षा देखि माथिका सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा अनिवार्य पढाउन र मासिक वा त्रैमासिक रुपमा ८ कक्षा देखि माथिका विद्यार्थीलाई शैक्षिक भ्रमण गराउने उहाँको भनाइ छ । अध्यक्ष पदका उम्मेदवार शाहीले सुविधा सम्पन्न महिला र अपाङ्क मैत्री भवन निर्माण गर्न, प्रत्येक विद्यालयमा शुक्रबारिय कार्यक्रम अनिवार्य गर्न र अनुसासित विद्यार्थीलाई पुरस्कृत गर्ने चुनावी एजेण्डा रहेको सुनाउनु भयो ।
शिक्षकहरुलाई शैक्षिक प्रोत्साहन भत्ता ३ हजार थप गर्ने र शिक्षकहरुले कोचिङ कक्षा निःशुल्क पठाउनु पर्ने उहाँको सर्त छ । यस्तै उत्कृष्ट हुने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने र हिमा गाउँपालिकाको टोलटोलमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने लक्ष्य रहेको शाहीको भनाइ छ । उहाँले भन्नुभयो प्रत्येक वडामा ५ शैयाको अस्पताल निर्माण गर्ने र गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको ठाउँमा ३० शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना रहेको बताउनु भयो ।
प्रत्येक गाउँबस्तिमा ३÷३ महिनामा विशेषज्ञ डाक्टर सहित स्वास्थ्य शिविर संचालन गर्ने, सुत्केरी महिला, बृद्ध, अपाङ्गग र विपन्न परिवारलाई एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने उहाँको भनाइ छ । यसैगरी शाहीले आधुनिक कृषि प्रणाली लागु गर्ने र कृषकहरुलाई निःशुल्क कृषि प्राविधिक उपलब्ध गराउने तथा एक घर एक बगैँचा कार्यक्रम संचालन गर्ने चुनावी घोषणा पत्रमा उल्लेख गरेको बताउनु भयो ।
हिमाका प्रत्येक बस्तिमा ओखर पकेट क्षेत्र निर्माण गर्दै किसानहरुको जीवन स्तर सुधार गर्न नगदे बालि उत्पादनमा जोड दिइने उहाँको भनाइ छ । हिमा गाउँपालिकामा नेपाली काँग्रेसको सरकार भएमा प्रत्येक घरमा करेशाबारी निर्माणका लागि आर्थिक सहयोग गर्ने शाहीले बताउनु भयो ।
यस्तै किसानहरुको मूल्याङ्कन गरि बाख्रा पालन, कुखुरा पालन र बंगुर पालन व्यवसायका लागि सहयोग गर्ने पनि उहाँले जानकारी गराउनु भयो । पूर्वाधार विकासमा सबै बस्तिहरुमा सडक संजाल जोड्ने र सडक पुगेको ठाउँमा कालेपत्रे गर्ने उहाँले प्रतिवद्धता गर्नु भएको छ । ग्रीन सडक र ग्रीन रिभर निर्माण गर्ने योजना रहेको शाहीले बताउनु भयो ।
सडकको दुवै तिर नदिको दुवै तिर रुखहरु रोपि हरियाली हिमा बनाउने सपना साकार गर्नको लागि रुख चुनाव चिन्हमा मतदान गरि दिनुहुन उहाँले हिमा बासिलाई आग्रह गर्नु भएको छ । हिमा गाउँपालिकाको लागि आफु योग्य उम्मेदवार भएको शाहीले दावी गर्नु भयो । २०७४ सालमा पनि अध्यक्ष पदको उम्मेदवारमा पराजित भएको भन्दै यस पटको उम्मेदवारी जित्नको लागि भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, २०७४ को स्थानीय तहको निर्वाचनमा पराजय भएपनि जनता देखि भागिन त्यसैले यो पटकको परिमाण मेरो पक्षमा अवश्य पर्छ । हिमाका प्रत्येक जनताको सुखदुखमा साथ दिएको छु उहाँले भन्नुभयो यदि जितेमा पछि परेका समुदायको जीवन स्तर सुधार गर्ने लक्ष्य छ । हिमाका प्रत्येक गाउँमा सुधारीएको र आरसिसि बाटो निर्माणमा मेरो ध्यान जाने शाहीले बताउनु भयो ।
नगारिकलाई प्रत्यक्ष रोजगारीमा जोड्ने उद्यम विकासका कार्यक्रमलाई फोकस गरेको उहाँको भनाइ छ । अध्यक्ष पदका उम्मेदवार शाहीका अनुसार नेपाली काँग्रेस पार्टीको मर्म र भावना अनुसार हिमा गाउँपालिकामा विकास गर्ने योजना रहेको बताउनु भयो ।