महिला नेतृत्व सुनिचिश्त गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ः झुनमाया जैसी – Karnali News

महिला नेतृत्व सुनिचिश्त गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ः झुनमाया जैसी

 १५ बैशाख २०७९, बिहीबार १९:१९  

एनिसा हमाल, वैशाख १५ जुम्ला
गुठीचौर गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदमा झुनमाया जैसी र उपाध्यक्ष पदमा प्रेम बहादुर बुढाले उम्मेदवारी दिनुभएको छ । प्राय स्थानीय तहहरुमा उम्मेदवार उठाउदा पुरुषलाई प्रमुख र महिलालाई उपप्रमुखमा उठाउने गरिन्छ । तर, नेकपा एमालले भने गुठीचौर गाउँपालिकामा झुनमाया जैसीलाई अध्यक्ष र बुढालाई उपाध्यक्ष पदमा उम्मेदवार उठाएको छ ।

राजनीतिमा महिलाहरुको नेतृत्व बढाउन र अधिकार सुनिचिश्त गर्नको लागि पनि आफुले पालिका अध्यक्ष पदमा उम्मेदवारी दिएको उहाँले बताउनु भयो । स्थानीय तहहरुमा भ्रष्टचार अत्याधिक मात्रामा हुने भएकाले महिलाले नेतृत्व गरेमा भ्रष्टचारलाई पनि न्युनिकरण गर्न सकिन्छ भन्ने विश्वास लिएको उहाँको भनाइ छ ।

गाउँघरका महिलाहरुका समस्याहरुलाई हल गर्नको लागि पनि आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनु भयो । स्थानीय तहको चुनावमा निर्वाचित भएको खण्डमा बेरोजगारहरुलाई पहिलो प्रथामिकता राखेर काम गर्ने जैसिले बताउनु भयो । उहाँले भन्नुभयो नेकपा एमाले सरकारमा रहदा सुरु गरेका महत्वपूर्ण कामहरु बृद्ध, एकल महिला, अपाङ्कता भत्ता वितरण भइरहेको छ ।

आफुले बेरोजगारहरुलाई पनि भत्ताको व्यवस्था गर्ने प्रमुख ऐेजेण्डा रहेको उहाँले सुनाउनु भयो । स्थानीयका आधारभुत आवश्यकतालाई पुरा गरि स्वास्थ्य र कृषिलाई पनि प्रथामिकतामा राखेर काम गर्ने उहाँको प्रतिबद्धता रहेको छ । यस्तै उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका प्रेम बहादुर बुढा २०७४ को चुनाबमा गुठीचौर गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित वडाध्यक्ष हुनुहन्छ ।

उहाँले अहिलेकोे चुनावमा पालिका उपाध्यक्षमा उम्मेदवारी दिएपछि केहि समय अघि मात्र राजीनामा दिनुभएको थियो । अघिल्लो चुनावमा वडामा निर्वाचित हुँदा आफ्नो वडाको लागि धेरै कामहरु गरेको र अब पालिका भरीका ५ वटै वडामा काम गर्नको लागि उपाध्यक्षमा उम्मेदवारी दिएको उहाँले बताउनु भयो ।

वडा नम्वर ३ का नागरिकहरुको आधारभुत आवश्यकता पुरा गर्नको लागि एक घर एक धारा, ग्यास सिलिण्डर, सबैलाइ शुद्ध खानेपानीको पहुँचमा पुराउन फिल्टर वितरण, सबैलाइ इन्टरनेटको पहुँचमा पुराउन वाइफाई वितरण लगायतका महत्वपूर्ण कामहरु गरेको उहाँले बताउनु भयो ।

आफुले चुनावको बेला गरेका प्रतिबद्धताहरु अधिकांस पुरा गरिसकेको र केहि अधुरा रहेका कामहरुलाई पुरा गर्ने र अब पालिका भरिका नागरिकको लागि केहि नयाँ काम गर्नको लागि उपाध्यक्षमा आफ्नो उम्मेदवारी रहेको बुढाले सुनाउनु भयो ।

सुखि र समृद्ध गाउँपालिका बनाउन शिक्षा, स्वास्थ्य, खानेपानी, घर घरमा वाइफाइ, ग्यास सिलिण्डर, सबै वडाहरुमा आधारभुत स्वाथ्य चौकि, माध्यमिक तह सम्मको पढाइ हुने विद्यालय, सबैको स्वास्थ्य विमा लगायतका कुराहरुलाई प्रथामिकतामा राखि काम गर्ने आफ्नो प्रतिबद्धता रहेको बुढाले सुनाउनु भयो ।