महिलाहरुलाई हाते ट्याक्टर सम्बन्धी एक दिने तालीम – Karnali News

महिलाहरुलाई हाते ट्याक्टर सम्बन्धी एक दिने तालीम

 १३ बैशाख २०७९, मंगलवार ०९:३२  

रामकृष्ण बुढा, वैशाख १३ जुम्ला
जुम्लाका ३ वटा स्थानीय तहलाई स्मार्ट सामाग्री मिनिटे«लर हाते ट्याक्टर सम्बन्धी एक दिने तालीम दिईएको छ । बिभिन्न समुह लाई दिएका स्मार्ट सामाग्रीको सहि तरीकाले प्रयोग गर्ने बारे एक दिने तालीम दिईएको हो । वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा महिलाहरुको कार्यबोझ घटाउनको लागि स्मार्ट सामाग्री प्रयोगका बारेमा तालीम दिइएको हो ।

महिलाहरु बढि काममा ब्यस्त हुने भएकाले कार्यबोझ कम गर्नको लागि स्मार्ट सामाग्री प्रदाना गरी प्रयोगका बारेमा तालीम दिईएको किडार्क नेपाल जुम्लाका सामाजीक परिचालक कमल खत्रीले जानकारी दिनु भयो । उहाँका अनुसार धेरै समय लाग्ने कामलाई कम समयमा गर्नको लागि यो स्मार्ट सामाग्रीले महिलाको कार्यबोझ कम गर्ने उहाँले बताउनु भयो ।

महिलाको कार्यबोझ घटाउनको लागि दिएको सामान सबै समूहले सहि ढंगले प्रयोग र सुरक्षित गर्न सुझाब दिनु भएको छ । कृषि क्षेत्रलाई आधुनीकरणमा जोड दिने र महिलाको कार्यबोझ घटाउनको लागि समाग्री बितरण गरि तालीम प्रदान गरिएको सामाजीक परिचालक खत्रीले बताउनु भयो ।

उहाँका अनुसार बितरण गरेको सामानले कृषि क्षेत्रमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भयो । यस्तै किडार्क नेपाल जुम्लाका अर्का सामाजिक परिचालक कृष्ण बोहोराका अनुसार एकिकृत पोषण तथा उत्थानसिल जिबिकोपार्जन परियोजनाले सम्पूर्ण समुहलाई एक÷एक वटा हातेटेक्टर दिएको बताउनु भएको छ ।

चार वटा समूहलाई ४ वटा हातेटेक्टर सहयोग गरेको र प्रति मिनिटे«लर हाते ट्याक्टर ७५ हजार रुपैयाका दरले खरिद गरिएको बोहोराले बताउनुभएको छ । बोहोराका अनुसार रम्परागत गरि रहने खेती प्रणालीलाई परिवर्तन गर्नका लागि र केहि बचेको समय अन्य ठाउँमा प्रयोग गर्नका लागि स्मार्ट सामाग्री हस्तान्तरण गरिसकेको र तालीमको आयोजना गरेको बताउनु भयो ।

उहाँका अनुसार जुम्लाका महिलाहरुमा बढि कामको चाप हुने भएकाले केहि मात्रामा कम होस भन्नका लागि तालीमको आयोजना गरिएको बताउनु भयो । पातारासी गाउपालिका का ६ जना, तातोपानी गाउापालिका का ६ जना, चन्दननाथ नगरपालिका आचार्यबाडाका ६ जना र गैरगाउका ६ जना महिला समूहगरी जम्मा २४ जना महिलालाई तालीम दिइएको उहाँले बताउनु भयो ।

यस्तै तालीममा सहभागी चन्दननाथ नगरपालीका वडा नम्वर १० गैरागाउँका धनलक्ष्मी नौपानेका अनुसार किर्डाक नेपालले दिएको तालीम प्रति आभारी भएको बताउनु भयो । उहाँका अनुसार अबका दिन देखि श्रीमान घरमा नहुदा पनि महिलाले घरजग्गा चलाउन सक्ने बताउनु भयो । पहिले चलाउन गाह्रो हुने र चलाउदा चलाउदै आजभोली केहि सिकिसकेको उहाँको भनाइ छ ।

यस्तै अर्का सहभागी पातारासी गाउँपालीका वडा नम्वर ६ उर्थुका माया थापा काअनुसार पुरुषले गर्ने काम पनि हामीले गर्न पाउँदा खुसि लागेको बताउनु भयो । उहाँका अनुसार तालीम प्रदान गर्ने किडाक नेपाल लाई धन्यावाद दिनु भएको छ । अबका दिनमा महिलालेनी केहि गर्न सक्छन भन्ने हेतुका साथ हामीले पनि अब पुरुष बराबर काम गर्न सक्छन भन्ने एक उदाहरण किडाक नेपालले बनाएको छ किडाक नेपाल प्रति आभारी भएको बताउनु भयो ।