
कालीवहादुर परियार, वैशाख १२ जुम्ला
जुम्लाको तिला गाउँपालिका वडा नम्वर ३ मा वैशाख ९ गते भएको आगलागीका पिडित मानसिंह सार्कीको परिवारलाई राहत वितरण गरिएको छ । पिडितको आलै घाउमा मलम लगाउनको लागि राहत वितरण गरिएको हो । वल्र्डभिजन ईन्टरनेश्नल नेपालको आर्थीक सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा पिडित परिवारलाई राहत वितरण गरिएको हो ।
हालसालैका लागि किर्डाक नेपालले चामल ७ बोरा, चिनि १० केजि, तेल १ कार्टुन, मासको दाल १५ केजि, चना १२ केजि, लुगा धुने साबुन १२ पिस, नुहाउने साबुन १२ पिस गरि जम्मा २१ हजार १ सय १६ रूपैयाँ बराबरको राहत सामाग्री वितरण गरिएको किर्डाक नेपालका बाल संरक्षण अधिकृत श्रीराम थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पिडित पिरवारका लागि सानो सहयोग भए पनि केहि दिनका लागि राहत हुने बताउनु भयो । घटना नहुथ्यो भैहाल्यो अब मृतक परिवार प्रति गहिरो संवेदना र परिवारलाई स्वास्थ्य लाभको कामना पनि उहाँले गर्नु भएको छ । बाल संरक्षण अधिकृत थापाका अनुसार आगामी दिनमा पनि पिडित परिवारलाई सहयोग गर्ने प्रतिबद्वता जनाउनु भएको छ ।
यस्तै वर्डभिजन इन्टरनेश्नल नेपाल जुम्लाका फिल्ड कोडिनेटर भेष बहादुर रावलले संस्थाले दिएका सानो सहयोगले पनि दुखेको आलो घाउमा मलहम पट्टिको काम गर्ने बताउनु भयो । उहाँका अनुसार आगामी दिनमा पनि पिडित परिवारका लागि सहयोग गर्ने बताउनु भयो । सानो ठुलो जस्तो छ सहयोग भनेको सहयोग सम्झन किर्डाक नेपालका फिल्ड कार्यक्रम म्यानेजर पंकज बहादुर शाहीले अनुरोध गर्नु भएको छ । दुखेको आलो घाउमा मलहम लगाउनको लागि संघसस्था रहेको उहाँले आश्वसन दिनु भएको छ ।
यस्तै पेश नेपालले पनि पिडित परिवारलाई राहत स्वरुप बिभिन्न सामाग्री वितरण गरेको छ । चामल २ बोरा, िचनि १ केजी, तेल २ लिटर, दाल ३ केजी, नुन १ प्याकेट राहात स्वरुप बितरण गरेको पेश नेपालका फिल्ड सुपरभाईजर तिलक प्रसाद उपाध्ययले जानकारी दिनुभयो । यस्तै मर्सिकोर नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाद्धारा संचालित भकारी परियोजनाले पनि राहत स्वरुप बिभिन्न भाँडाकुडा र लत्ता कपडा प्रदान गरेको छ । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगिको रोहोबरमा पिडित परिवालाई राहत वितरण गरिएको हो ।
विपद्को घडीमा सहयोग गर्ने निकायलाई अध्यक्ष योगिले धन्यवाद दिनु भएको छ । आगलाडिबाट मृत्यु भएका बालबालिका प्रति श्रदान्जली व्यक्त गर्दै उहाँले क्षति भएको घर पुन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको छ । मानसिंह सार्कीको घर जल्दा दुई छोरी, एक छोरा र भान्जी सहित चार बालबालिकाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीय छोरी अनु सार्की, तीन वर्षीय छोरी दर्शना सार्की, १ वर्षीय छोरा दीपेश सार्की र भान्जी १४ वर्षीय तिर्सना सार्कीको ज्यान गएको हो । आगलागीका कारण बेहोस भएका मानसिंह र निजकी श्रीमती फागुनी सार्की, बहिनी रुन्चकली सार्कीको उपचार पछि घर फर्किएका छन् ।