
एनिसा हमाल, चैत १३ जुम्ला
शिक्षालय भित्र छात्राहरु माथि हुने विभिन्न खाले हिंसामा संलग्नलाई कारबाहि गर्न माग गर्दै विप्लव निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत सरकारलाइ ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय देशभर शिक्षालयमा छात्राहरु माथि विभिन्न खाले हिंसाको शिकार भइरहेको अवस्था र त्यसमध्येको यौनहिंसा प्रमुख भएकाले त्यस्तो हिंसामा संग्लन जो कोहिलाइ पनि कडा सजाय हुनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
छात्राहरु शिक्षालयमा नै असुरक्षित भइरहेका छन् । मोरङको लेटाङ नगरपालिका, चितवनको माडि नगरपालिका लगायत देशभर छात्राहरु माथि भइरहेको यौनहिंसा विरुद्ध सरकारले चालेको अपर्याप्त र सुस्त कदमप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकार्षन भएको छ उक्त ज्ञापनपत्रमा भनिएको छ ।
नेपालमा हिंसा सम्बन्धी कडा कानुन नहुनु र भएको कानुनको पनि सहि तरिकाले कार्यान्वयन नहुनु प्रमुख समस्या भएको छात्रा विभाग प्रमुख सावित्री अधिकारीले बताउनु भयो । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता सजिलै संदनबाट पास गर्नु तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केहि ऐन संशोधन गर्ने अध्यादेश २०७७ पास नगरि दोषिलाइ सजायबाट उम्काउन लागेको भान हाम्रो संगठनलाई भएको छ ।
त्यसकारण उक्त अध्यादेश तत्काल पास गरी कार्यान्वयनमा ल्याउन र आगामी दिनमा यस प्रकारका आपराधिक क्रियाकलाप हुन नदिनका लागि ठोस योजना बनाइ कडा भन्दा कडा कारवाहिको माग गर्दछौँ उक्त ज्ञापनपत्रमा भनिएको छ ।
देशभर छात्राहरु माथि भइरहेका यौनहिंसाको घटनाको सत्यतथ्य पत्ता लगाई दोषिलाई कारवाहि गर्न र छात्राहरुलाई सुरक्षित र हिंसा रहित वातावरणमा अध्ययन गर्न पाउने अधिकारको सुनिश्चिता गर्न जोडदार मागसहित ज्ञापन पत्रमा बुझाएको छात्रा विभाग प्रमुख अधिकारीले जानकारी गराउनु भयो ।