
१३ चैत, जुम्ला
भारतको नागल्याण्डमा सम्पन्न क्रसकन्ट्री च्याम्पियनसिपमा जुम्लाकी राममाया बुढाले दोस्रो स्थान हासिल गर्नु भएको छ । यु २० महिला एकलतर्फ उहाँले उक्त स्थान हासिल गर्नु भएको हो ।
१० किलोमिटर महिला एकलतर्फ पनि नेपालकी राजपुरा पछाईले दोस्रो हुनु भएको छ । यु २० पुरुष एकलमा बादल कार्की दोस्रो हुँदा १० किलोमीटर पुरुष एकलमा नेपालकै मुकेश पाल तेस्रो हुनुभयो ।
यस्तै, समुहगत प्रतिस्पर्धामा नेपाल महिला टिम दोस्रो हुँदा पुरुष टिम तेस्रो भएको छ । मुख्यमन्त्री नेफिउ रियो, मन्त्रीहरू, नागाल्याण्डका विभिन्न खेल संघहरू र भारतीय ओलम्पिक संघ लगायतका व्यक्तिहरुले विजेताहरूलाई पदकहरू प्रदान गर्नुभयो । प्रतियोगितामा पाँच देश नेपाल, भारत, बङ्गलादेश, श्रीलंका, माल्दिभ्सका कुल ६ सय खेलाडी सहभागी भएका थिए ।