पाँच दिनसम्म वडा कार्यालयमा धाउदा पनि जन्म दर्ता बनेन – Karnali News

पाँच दिनसम्म वडा कार्यालयमा धाउदा पनि जन्म दर्ता बनेन

 १० चैत्र २०७८, बिहीबार १७:५३  

चैत १० जुम्ला
चन्दननाथ नगरपालिका वडा नम्बर १ का टंकशरण आचार्यले पाँच दिनसम्म वडा कार्यालयमा धाउदा पनि जन्म दर्ता नबनेको गुनासो गर्नु भएको छ । जन्मदर्ता गर्न पाँच दिनसम्म वडामा जादा जन्मदर्ता नबनेको उहाँले गुनासो गर्नु भएको हो । वडा कार्यालयमा जन्मदर्ता गराउन पाँच दिनसम्म धाउदा पनि काम नभएको हाँको भनाइ छ ।

आचार्यका अनुसार चन्दननाथ नगरपालिका वडा नम्बर १ मा लगातार पाँच दिन सम्म छोराको जन्म दर्ताको लागि धाउदा जन्म दर्ता हुन नसकेको बताउनु भयो । वडामा जन्म दर्ताको लागि जाँदा ईन्टरनेट नचलेको भन्दै फर्काउने गरेको उहाँको भनाइ छ । आईतबार देखि विहिबार सम्म लगातार पाँच वडा कार्यालयमा जन्म दर्ताको लागि जाँदा पनि विभिन्न बाहना देखाएर स्थानीय सरकार पन्छिएको उहाँले गुनासो गर्नु भयो । इन्टरनेट र कर्मचारीको समस्या दर्शाएर कामलाई टार्न खोजेको उहाँको आरोप छ ।

जन्म दर्ता गराउन पाँचदिन सम्म वडामा धाउनु बिडम्बना भएको आचार्यले बताउनु भयो । उहाँका अनुसार सामान्य कामका लागि झण्डै हप्तादिन सम्म नागरिकलाई सेवा नदिनु गैर जिम्मेवार काम भएको बताउनु भयो । पाँच मिनेटमा हुने जन्म दर्ताको काम पाँच दिनसम्म वडामा धाउदा पनि काम नहुनु नागरिक प्रति वडा सरकार जिम्मेवार नभएको आचार्यको आरोप छ ।

यता वडाध्यक्ष जय बहादुर रावलले जन्म दर्ताको लागि स्थानीय पञ्जिकाधिकारी अर्थात वडा सचिबको काम भएको भन्दै पन्छिनु भएको छ । वडा सचिवले गर्ने कामसँग अध्यक्षको सम्बन्ध त्यति नहुने उहाँको भनाइ छ । अध्यक्ष रावलका अनुसार पाँच दिनसम्म जन्म दर्ता नहुनु दुःखद पक्ष भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, जन्म दर्ताको काम त एकै दिनमा हुनु पर्ने हो ? किन हुन सकेन म वडासचिवसँग राम्रोसँग बुझेर तपाईको प्रश्नको जवाफ दिउला । इन्टरनेटमा समस्या भएमा जन्म दर्ता गराउन समस्या हुने गरेको उहाँले सुनाउनु भयो । पहिले हातले लेखेर जन्मदर्ता हुने गरेकोमा अहिले अनलाइनमा काम हुने भएकाले जन्म दर्ता गराउन समस्या भएको हुन सक्ने रावलले बताउनु भयो ।

काब अध्यक्षको जिम्मेवारी पाउनु भएका गोबिन्द आचार्यको जबाफ पनि अध्यक्ष रावलको जस्तै छ । जन्म दर्ताको लागि स्थानीय पञ्जिकाधिकारी अर्थात वडा सचिबको काम भएको आचार्यले बताउनुभयो । अनलाईन सम्वन्धि कम्प्युटरमा काम गर्नका लागि सचिब रामलाल पाण्डेले कामकाजका लागि नमराज रोकायालाई जिम्मेवारी दिएको बताउनु भयो ।

जिम्मेवारी पाउनु भएका नमराज रोकायाका अनुसार इन्टरनेटले काम नगरेको र काम विशेषले कार्यालय बाहिर रहेको जवाफ दिनु भएको छ ।