
नौरते नेपाली, फाल्गुन १२ जुम्ला
पातारासि गाउँपालिका जुम्लाले गत आर्थिक वर्षमा २ सय ३२ वटा योजना सम्पन्न गरेको छ । ९८ प्रतिशत योेजनाहरु पालिकाले सम्पन्न गरेको दावि गरेको छ । अध्यक्ष लछिमन बोहोराले वडागत हिसाबमा १ नम्बरमा ३३, २ नम्बरमा २९, ३ नम्बरमा ३५, ४ नम्बरमा ५१, ५ नम्बरमा ३५, ६ नम्बरमा २६ र ७ नम्बरमा २३ वटा योजनाहरु सम्पन्न भइ सकेको जानकारी गराउनु भयो ।
सम्पन्न भएका योजनाहरुमा १९ करोड १८ लाख ६३ हजार ६ सय रुपैयाँ खर्च भएको अध्यक्ष बोहोराले बताउनु भयो । स्थानीय समुदायका मागमा आधारित योजनाहरु सफल्तापूर्वक निर्माण गरि सम्पन्न भएको उहाँको भनाइ छ । बुधबारका दिन पातारासी गाउँपालिका जुम्लाले आर्थिक वर्ष २०७८÷०७९ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई तथा समिक्षा कार्यक्रमा उहाँले यस्तो जानकारी गराउनु भएको हो ।
अध्यक्ष बोहोराका अनुसार चालु आवमा एक स्थानीय तह एक खेलमैदान, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, कृषि कार्यालय जुम्लाको आलु पकेट सिंचाई कार्यक्रमको २ प्रतिशत, राष्ट्रिय शैक्षिक सुधार कार्यक्रममा ४ प्रतिशत, वित्तिय समानिकरण तर्फ २१ प्रतिशत, प्रधानमन्त्री रोजगार कार्यक्रममा ७ प्रतिशत बजेट खर्च भइ सकेको उहाँले जानकारी गराउनु भयो ।
यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रमको १७ प्रतिशत, संघ सरकारको समपुरक र विशेष अनुदान तर्फको ३९ प्रतिशत, वित्तिय समानिकरण तर्फको अध्यक्ष÷उपाध्यक्ष विकास कोष तर्फ २ प्रतिशत र नेपाल जलवायु परिवर्तन कार्यक्रम तर्फको ८ प्रतिशत रकम पालिकाले खर्च गर्न सफल भएको उहाँको भनाइ छ ।
अध्यक्ष बोहोराका अनुसार ४० वटा सडक निर्माण भइ संचालनमा आएको बताउनु भयो । वडा नम्बर १ मा ६, २ मा ६, ३ मा ९, ४ मा १०, ५ मा ५ र वडा नम्बर ६ मा ४ वटा गरी ४० वटा सडक ग्राभेल भएको जानकारी गराउनु भयो । आर्थिक वर्ष २०७६÷०७७ मा ग्राभेल सडक ५१ हजार मिटर र २०७७÷०७८ मा ७५ हजार मिटर सडक ग्राभेल गरिएको अध्यक्ष बोहोराले बताउनु भयो ।
आर्थिक वर्ष २०७६÷०७७ मा ५८ हजार मिटर र २०७७÷०७८ मा २२ हजार मिटर ग्रामिण सडक निर्माण गरिएको उहाँका भनाइ छ । आर्थिक वर्ष २०७६÷०७७ मा १५ हजार मिटर र आर्थिक वर्ष २०७७÷०७८ मा २३ हजार ५ सय मिटर गोरेटो बाटो निर्माण भएको उहाँले जानकारी गराउनु भयो ।
पिसिसि र आरसिसि सडक आर्थिक वर्ष २०७६÷०७७ मा १९ सय मिटर र २०७७÷०७८ मा ३३ सय मिटर निर्माण भएको अध्यक्ष बोहोराले बताउनु भयो । उहाँका अनुसार कृषि पकेट क्षेत्र, एक घर एक जर्सी गाई, स्वास्थ्य संस्थामा बच्चा जन्मिने वितिकै ३ हजार बचत गरिने दिने लगायतका लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिइएको बताउनु भयो ।
उथ्र्रु र पालिकाको प्रशासनिक केन्द्रसम्मको सडकलाई बाह्रै महिना संचालन हुने गरी स्तरवृद्धि र स्तरोन्तीको काम भएको अध्यक्ष बोहोराको भनाइ छ । दोस्रो चौमासिकमा भएका प्रगतिको समिक्षा गर्दै नागरिकको गुनासो सुन्नको लागि सार्वजानिक सुनुवाई गरिएको प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धितालले बताउनु भयो ।
उहाँका अनुसार नागरिकका गुनासा सुन्न, योजना सम्झौताबारे जानकारी गराउन र सुशासन तथा पारर्दशिता कायम गर्नको लागि सार्वजनिक सुनुवाईको महत्वपूर्ण भएको जानकारी गराउनु भयो । सार्वजनिक सुनुवाई कार्यक्रममा सबै विषयत कार्यालयहरुले गरेको कामको प्रगति विवरण प्रस्तुत गर्दै नागरिकका गुनासाहरुलाई सम्बोधन गरिएको धितालको भनाइ छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि भएका नागरिकलाई समयमै सम्झौता गरी काम गर्न, योजनाको रकम माग गर्दा आवश्यक पर्ने सबै प्रक्रियाका बारेमा जानकारी गराउने अवसरको थलोका रुपमा सार्वजनिक सुनुवाइलाई लिईएको उहाँले बताउनु भयो । सार्वजनिक सुनुवाई कार्यक्रमले सेवा प्रवाहमा सहजता तथा पारदर्शीता कायम हुने विश्वास गरिएको उहाँको भनाइ छ ।
चालु आवमा पारातासीका ७ वटै वडामा तर्जुमा भएका झण्डै १ सय बढी योजना मध्य ३५ बढी योजना सम्झौता भइ सकेको धितालले जानकारी दिनुभयो । जुम्लाका आठवटा पालिका मध्ये दोस्रो चौमासिकको समिक्षा तथा सार्वजानिक सुनुवाई गर्ने पातारासी गाउँपालिका पहिलो हो । समिक्षा तथा सार्वजानिक सुनुवाई कार्यक्रमको सहजीकरण रेडियो कर्णाली जुम्लाले गरेको थियो ।