स्काउटका जन्मदाता पावेलको जन्मजयन्तिमा बृक्षारोपण – Karnali News

स्काउटका जन्मदाता पावेलको जन्मजयन्तिमा बृक्षारोपण

 १० फाल्गुन २०७८, मंगलवार १६:३९  

कालीवहादुर परियार, फाल्गुन १० जुम्ला
स्काउटका जन्मदाता लर्ड वेडेन पावेलको १६५ औँ जन्मजयन्तिको अवरमा चन्दननाथ नगरपालिका स्काउटले चन्दननाथ मन्दिरको हरित उद्यानमा बृक्षारोपण गरेको छ । चन्दननाथ मन्दिरको चन्दननाथ हरित उद्यानलाई हरियालि बनाउनको लागि स्काउटले बृक्षारोपण गरेको हो । पहिलो विरुवा प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले रोपेर उद्घाटन गर्नु भएको हो ।

वृक्षारोपण कार्यक्रममा बोल्दै उहाँले नगर भित्रको वातावारण हरियाली बनाउन उद्यानमा गरिएको वृक्षारोपण कार्यक्रम महत्वपूर्ण भएको बताउनु भयो । उहाँले भन्नुभयो, बजारमा आउने व्यक्तिलाई घुमाउने र देखाउने ठाउँको अभाव रहेको सुनाउनु भयो । मन्दिरमा रहेको उद्यानलाई व्यवस्थित र पर्यटकिय स्थल बनाउनको लागि सबै सरकारी कार्यालयसँग समन्वय गर्ने उहाँको भनाइ छ ।

मन्दिरको जग्गामा निर्माण गरिएको हरित उद्यानलाई सबै मिलेर हरियालि बनाउनु पर्ने प्रसाईले जानकारी गराउनु भयो । उहाँका अनुसार नेपाल स्काउटले गरेको बृक्षारोपण कार्यक्रमले सबैको आँखा खोलि दिएको बताउनु भयो । बृक्षरोपण कार्यक्रमलाई जुम्लाका स्थानीय सरोकारवाला निकायले सिको गर्नु पर्ने उहाँको भनाइ छ ।

नेपाल स्काउट एक सामाजिक संस्था भएकाले जिल्लाका संघ संस्थाले सहयोग गर्नु पर्ने उहाँले धारणा राख्नु भएको छ । आगामी दिनमा नेपाल स्काउटसँग सहकार्य गरेर काम गर्ने प्रमुख जिल्ला अधिकारी प्रसाईले बताउनु भएको छ । चन्दननाथ मन्दिरको जग्गामा निर्माण गरिएको हरित उद्यानमा ३० वटा धुपिका बिरुवा, १ सय ५० वटा सयपत्री फूल र १ सय तरबारे फूलका बिरुवा रोपिएको स्काउटका नगर संयोजक दिपक बुढ्थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चन्दननाथ मन्दिरको जग्गामा रहेको हरित उद्यानलाई सुन्दर पार्क बनाउनको लागि बृक्षारोपण गरिएको बताउन भयो । डिभिजन वन कार्यालया, बनस्पति तथा अनुसन्धान केन्द्र, जनस्वास्थ्य सेवा कार्यालय, कर्णाली कला तथा सांस्कृति संरक्षण मञ्च र दियालो बहुउद्देश्यि सहकारि संस्था जुम्लाको सहयोगमा वृक्षारोपण गरिएको उहाँले बताउनु भयो ।

चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुड्थापाका अनुसार नेपाल स्काउट नगरले बृक्षारोपण गरेकोमा स्काउटलाई धन्यवाद दिनु भएको छ । उहाँका अनुसार नेपाल स्काउट एक नितान्त समाजसेवी संस्था भएकाले नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट सबै खाले सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

बुड्थापाका अनुसार आगामी दिनमा नेपाल स्काउट र चन्दननाथ नगरपालिका बिच समन्वय र सहकार्य गरेर अगाडी बढ्नको लागि अनुरोध गर्नु भएको छ । चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले मन्दिरको पार्कमा बृक्षारोपण गरेकोमा नेपाल स्काउट प्रति आभारी भएको बताउनु भयो ।

हरित उद्यान मात्रा बनाईएको र ब्यवस्थापनमा कमी भएको अवस्थामा वुक्षारोपण कार्यक्रम निकै उपयोगि भएको उहाँले बताउनु भयो । नेपाल स्काउटले बृक्षारोपण गरे पछि अब उद्यान केन्द्र साँचिकै हरित उद्यान जस्तो हुने उहाँको भनाइ छ । उद्यानको पश्चिम तिरको भागमा सलाका विरुवा रोपिने उहाँको भनाइ छ ।

सबैको सहयोग भएमा मन्दिरको जग्गामा निर्माण भएको हरित उद्यानलाई नमूना बनाउन सकिने अध्यक्ष कठायतले जानकारी गराउनु भयो । हरित उद्यान हरियालि बनाउनको लागि नेपाल स्काउटले गरेको बृक्षारोपण कार्यक्रम प्रभावकारी भएको उहाँले बताउनु भयो । गुठी व्यवस्थापन समितिका सचिव जीतवहादुर महतले उद्यानको संरक्षण र रेखदेख मन्दिर आफैले गर्ने बताउनु भयो ।

स्काउटले रोपण गरेको विरुवालाई सिंचाई गर्ने, गाईवस्तु जान नदिने र घेरबारको काम गरि सदरमुकाम भित्र हेर्न योग्य उद्यान निर्माण गर्ने सोच रहेको उहाँको भनाइ छ । महतका अनुसार उद्यानको खाली जग्गामा चाइनिज दुबो लागउने योजना भएकाले सहयोग गरि दिन आग्रह गर्नु भएको छ ।