
नौरते नेपाली, माघ २४ जुम्ला
किर्डाक नेपाल जुम्लाले पातारासि गाउँपालिका भित्रका ४ जना व्यवसायिलाई पुर्नत्थान गरेको छ । कोरोनाबाट व्यवसायमा परेको प्रभावलाई कम गर्नको लागि ४ जना व्यवसायिलाई पुर्नत्थान गरेको हो । पातारासि गाउपालिका लासी बजारका ३ र उथ्र्रु बजारका एक जना व्यवसायिलाई पुर्नत्थान गरेको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक भेषवहादुर रावलले जानकारी गराउनु भयो ।
उहाँका अनुसार उथ्र्रुका शारीरिक अपाङ्गता भएका धनहावदुर भण्डारी लगायत लासीका ३ जना व्यवसायिलाई सहयोग गरेको बताउनु भयो । प्रति व्यवसायिलाई झण्डै ४२ हजार रुपैयाँ बराबर सामान सहयोग गरिएको रावलको भनाइ छ । उहाँका अनुसार लासीका कमीला रोकाया, हर्क बुढा र चन्द्रशिला बोहोरा तथा उथु्र्रका धनवहादुर भण्डारीलाई व्यवसायमा सहयोग पुग्ने सामाग्री प्रदान गरिएको बताउनु भयो ।
प्रति व्यवसायिलाई ५ बोरा २५ केजीको मसिनो चामल, २ पेटि नहुने र २ पेटि लुगा धुने साबुन, ३ पेटि खानेतेल र ५० केजी चिनी सहयोग गरिएको जिल्ला संयोजक रावलले जानकारी गराउनु भयो । वल्र्डभिजन इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा व्यवसाय पुर्नत्थानको लागि सहयोग भएको हो ।
शारीरिक रुपमा असक्त धनवहादुर भण्डारीले पाएको सामानले व्यवसायमा सहयोग पुग्ने पातारासि गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लालवहादुर बुढाले बताउनु भयो । उहाँका अनुसार व्यवसायमा सहयोग गर्नको लागि सहि व्यक्ति छनोट भएको बताउनु भयो । गैर सरकारी संस्थाले उपलब्ध गराउने सहयोग यस्ता व्यक्तिले पाउदा हामी असाधै खुसी भएको वडाध्यक्ष बुढाले बताउनु भयो ।
कोरोनाको बेला पसलहरु बन्द हुँदा सबै भन्दा बढी मारमा व्यापारीहरु परेको उहाँको भनाइ छ । शारीरिक रुपमा असक्त भएकाहरुलाई कोरोनाले झनै समस्या गराएको बुढाले बताउनु भयो । उहाँका अनुसार गाउँमा रहेका अन्य अपाङ्ग, असक्त, गरिब, पछि परेका र पारिएका नागरिकहरुलाई सहयोग गर्न किर्डाक नेपाल जुम्लासँग आग्रह गर्नु भएको छ ।