बालबालिकालाई पौष्टिक आहार वितरण – Karnali News

बालबालिकालाई पौष्टिक आहार वितरण

 १९ माघ २०७८, बुधबार १८:१५  

नौरते नेपाली, माघ १९ जुम्ला

जुम्ला पातारासि गाउँपालिका वडा नम्बर ३ का ५० जना ५ वर्ष मुनिका बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ । बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउनको लागि पौष्टिक आहार वितरण गरिएको हो । स्टार्ड फण्डको सहयोग, किर्डाक नेपाल जुम्ला र मर्सिकोर नेपालको साझेदारीमा पौष्टि आहार वितरण गरिएको हो ।

प्रति बालबालिकालाई २ केजी मिक्स खिचडी, २ केजी हलुवा र २ केजी स्पेशल खिरको प्याकेट पौष्टिक आहार वितरण गरिएको छ । स्थानीय वडा सरकारले सिफारि गरेका विपन्न परिवारका ५ वर्ष मुनिका बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक भेषवहादुर रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार १ जना बालबालिका बराबर २ हजार रुपैयाँ जतिको पौष्टिक आहार उपलब्ध गराईएको बताउनु भयो । बालबालिकाको अवस्थामा सुधार गर्दै कुपोषण दरलाई न्युनिकरण गर्ने प्रमुख उद्देश्य रहेको रावलले जानकारी गराउनु भयो । उहाँका भन्नुभयो, वडाले गरेको सिफारिसका आधारमा चौर, छुम, हुरी र महरी गाउँका ५० जना बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको हो ।

बालबालिकाको अभिभावकहरुलाई पातारासि गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष विर्षराम बोहोराको रोहोबरमा पौष्टिक आहार वितरण गरिएको जिल्ला संयोजक रावलले बताउनु भयो । महामारीबाट सर्वसाधारण लगायत बालबालिका सबैभन्दा बढी प्रभावित बनेकोले उनीहरुको सुरक्षाको लागि पौष्टिक आहार वितरण गरिएको उहाँले बताउनुभयो ।

पहिलो चरणमा २ सय ५० घरधुरीलाई ६ हजार २ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा, ४ हजार १ सय ४० रुपैयाँ बराबरको खाद्यन्न र पौष्टिक आहार गरि १३ हजार २ हजार ५० रुपैयाँको सहयोग भइ सकेको रावलले जानकारी गराउनु भयो । चिसोबाट प्रभावित २ सय ५० घरधुरीलाई कोरियन कम्बल र स्थानीय नागरिकको मागका आधारमा अन्य लत्ताकपडा उपलब्ध गराएको उहाँको भनाइ छ ।

आर्थिक अवस्था कमजोर भएका परिवारलाई खाद्यन्न पनि सहयोग भएको भन्दै उहाँले अपाङ्गता भएका व्यक्ति, एकल महिला र आर्थिक अवस्था कमजोर भएका परिवारलाई वडाको सहजीकरण तथा समन्वयमा किर्डाक नेपाल जुम्लाको साझेदारीमा सहयोग गरेको बताउनुभयो । वडाध्यक्ष विर्षराम बोहोराले किर्डाक नेपाल जुम्लाले वडा नम्बर ३ का नागरिकलाई गरेको सहयोग स्वागतयोग्य रहेको बताउनु भयो ।

उहाँका अनुसार गैर सरकारी संघ संस्थाले खाद्यन्न, कत्ताकपडा र पौष्टिक आहार वितरण गरेको पहिलो पटक भएको सुनाउनु भयो । सहयोगी निकायले उपलब्ध गराएको सहायताले केहि समयका लागि नागरिकहरुलाई सहज गराएको उहाँले बताउनु भयो । वडाले गरेको सिफासिका आधारमा सहयोग गरेको प्रति वडाध्यक्ष बोहोराले किर्डाक नेपाल जुम्लालाई धन्यवाद समेत दिनु भएको छ ।

समुदायलाई उपलब्ध गराईएको पौष्टिक आहारलाई पकाउनु भन्दा पहिले साबुन पानीले राम्रोसँग हातधुन, सफा भाडो प्रयोग गर्न र १ सय ग्राम हलुवामा झण्डै ४ सय मिलिलिटर पानी हाल्न समेत सिकाईएको छ । मिक्स खिचडी र स्पेसल खीरको हलमा १५ देखि २० मिनेटसम्म पकाउदा खान योग्ने हुने बताईएको छ ।

यस्तै ७ देखि ८ मिनेटसम्म पकाउदा हलुवा पनि खान योग्य हुने विषयमा पौष्टिक आहार लिन आएका बालबालिकाका अभिभावकलाई सिकाईएको छ । तयारी पौष्टिक आहारको प्याकेटलाई उपयोग गर्दा खुला गरि सकेपछि एकै पटक पुरा खान नसकेको अवस्थामा प्याकेटलाई खुला नराखि हावा नछिर्ने भाडोमा राख्न सुझाव दिईएको छ ।