
कालीवहादुर परियार, पुष २९ जुम्ला
गुठीचौर गाउँपालिका वडा नम्वर ३ को वडा सरकार जातिय विभेद तथा छुवाछूत विरुद्धको अभियानमा होमिएको छ । गाउँमा हुने जातीय बिभेदलाई कम गर्दै सभ्य र समुन्त समाज निर्माण गर्नको लागि वडा सरकार जातिय विभेद विरुद्धको अभियानमा होमिएको हो । गज्र्याङ्गकोट गाउँका युवाहरुले वडामा कुनै पनि जातीय विभेद हुन नदिने प्रतिबद्धता जाहेर गरेका छन ।
नेपालको संविधानले प्रदत्त अधिकार कार्यान्वयन गर्दै गाउँलाई छुवाछुत मुक्त वडा पालिका बनाउने संकल्प गरिएको गुठिचौर गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष प्रेम बहादुर बुढाले जानकारी दिनु भयो । उहाँका अनुसार जातिय भेदभाव अन्त्यका लागि अशिक्षा र गरीबीलाई पनि संगसंगै अन्त्य गर्नुपर्ने बताउनु भयो ।
वडा अध्यक्ष बुढाका अनुसार जातीय विभेद लगायतका सबै प्रकारका छुवाछुत अन्त्य गर्न वडा कार्यालय प्रतिबद्ध रहेको बताउनु भयो । यो अभियानमा स्थानीय नागरीकहरुलाई भरपुर साथ दिन सबै वडा बासहिरुलाई उहाँले अपिल गर्नु भएको छ । बुढाका अनुसार जातिय भेदभाव र छुवाछुत अन्त्य घोषणा गरी वडा पालिकालाई नमुना बनाउने तीर ध्यान केन्द्रीत गर्न सबै युवायुवतीहरुको ध्यानाकर्षण गराउनु भएको छ ।
समाज परिवर्तनका लागि चेतना र शिक्षाको आवश्यकता रहन्छ । जातीय छुवाछुत न्युनिकरणमा सबैको हातेमालो हुनु पर्ने वडाध्यक्ष बुढाले बताउनु भयो । यो प्रतिवद्धता देखावटी नभई दीर्घकालीन रुपमा चल्ने विश्वास रहेको उहाँको भनाइ छ । वडाध्यक्ष बुढाका अनुसार सिंगो वडालाई जातीय विभेद र छुवाछुत मुक्त बनाउनको लागि दलित गैरदलित, महिला पुरुष सबैको साझा धारणा बनाउनु पर्ने बताउनु भयो ।
यस्तै गुठिचौर गाउँपालिका जुम्लाका कानुनी सल्लाहकार देवेन्द्रराज शर्माका अनुसार दलितहरुका लागि निर्माण भएका ऐन र कानुनका विषयमा सहभागिहरुलाइ जानकारी गराईएको बताउनु भयो । पहिलो चरणमा एक सय बढी युवायुवतीलाई एकै थलोमा राखेर जातीय विभेद सम्बन्धिका कानुनका बारेमा ज्ञान प्रदान गरिएको उहाँले बताउनु भयो ।
जातीय भेदभाव तथा छुवाछुत सामाजिक कुरीति र सामाजिक अपराध भएकोले सबै मिलेर अन्त्य गर्नुपर्ने स्थानीय युवा लक्ष्मण सुनारले जानकारी दिनु भयो । उहाँका अनुसार हामी सबै समान अधिकारका भागेदारी भएको बताउनु भयो । स्थानीय युवा सुनारका अनुसार हामी हाम्रो घर परिवार र समाजमा हुने जातीय छुवाछुत तथा भेदभावलाई पुर्णरुपमा अन्त्य गर्न चाहन्छौँ ।
जातीय भेदभाव तथा छुवाछुतमुक्त वडा बनाउने अभियानमा सबैको साथ रहेको बताउनु भयो । गुठिचौर गाउँपालिका वडा नम्वर ३ मा जातीय भेदभाव विरुद्धको जनचेतनामुलक कार्यक्रम भइरहेका छन । पहिलो चरणमा मानव जातिको इतिहास, जातिय भेदभावको शुरुवात, छाउपडी प्रथा, स्वास्थ्य र पोषणको बारेमा युवायुवती लाई अभिमुखिकरण गरिएको हो ।
यस्तै स्थानीय युवा नरेन्द्र परियारका अनुसार जव सम्म मानसिक रुपमा जातीय विभेद अन्त्य हुदैन तब सम्म जातीय विभेद कायमै हुने बताउनु भयो । उहाँका अनुसार आनीबानीमा परिवर्तन ल्याउन सुझाव दिनु भएको छ ।