
नौरते नेपाली, पुष २५ जुम्ला
नेकपा एमाले जुम्लाको ८ औँ जिल्ला अधिवेशनबाट शान्तिलाल महत पुन पनि अध्यक्षमा निर्विरोध चयन हुनु भएको छ । अध्यक्ष बाँहेक अन्य पदमा निर्वाचन हुने देखिएको छ । उपाध्यक्ष १ पदमा हंशवहादुर रोकाया र सुरतवहादुर शाहीको उम्मेदवारी परेको छ । यस्तै सचिव १ पदमा धनकृष्ण पाण्डे र जयवहादुर खत्रीको उम्मेदवारी परेको निर्वाचन मण्डलका संयोजक मीमवहादुर महतले बताउनु भयो ।
उहाँका अनुसार उपसचिव २ पदमा ४ जनाको दरखास्त परेको उहाँको भनाइ छ । राम नेपाली, धर्मेन्द्र रोकाया, मानवहादुर रोकाया र प्रेम बुढाको उपसचिव पदमा उम्मेदवारी परेको महतले जानकारी गराउनु भयो । आईतबार विहान ८ बजेसम्म उम्मेदवारी विरुद्ध दावि विरोधको समय तोकिएको उहाँले बताउनु भयो ।
जिल्ला कमिटी सदस्यको पदमा पालिका स्तरमा सहमिति गर्न पार्टीले निर्देशन जारी गरेकोले सबै छलफलमा जुटेका छन् । सर्वसहमतिमा पदाधिकारी चयन गर्ने भनिए पनि पदाधिकारीका आकांक्षीहरु धेरै देखिएकाले निर्वाचन हुने पार्टी सचिव धनकृष्ण पाण्डेले बताउनु भयो । पदाधिकारीमा धेरै जना आकांक्षी देखिएपछि सहमतिमा पदाधिकारी चयन गर्ने कसरतमा पार्टी लागि परेको उहाँको भनाइ छ ।
अध्यक्ष बाँहेका अन्य पदका आकांक्षीहरु धेरै देखिएकाले पदाधिकारी चयनमा समय लागेको नेकपा एमाले जुम्लाले जनाएको छ । अध्यक्ष बाँहेका उपाध्यक्ष, सचिव र उपसचिव २ जना गरि ४ जना पदाधिकारी चयनमा पार्टीले कसरत गरि रहेको पार्टी सचिव पाण्डेले बताउनु भयो । निर्वाचन र सहमति दुवैको प्रयास भएकाले के हुन्छ यहिले नै भन्न सकिने अवस्था नरहेको उहाँको भनाइ छ ।
पार्टी सचिव पाण्डेका उम्मेदवारी परेपनि सकभर सहमतिका आधारमा पदाधिकारी सहित जिल्ला कमिटीका सदस्य चयन गर्ने विषयमा छलफल भएको बताउनु भयो । ५ जना पदाधिकारी सहित ९० सदस्यीय जिल्ला कमिटी चयन हुने नेकपा एमाले जुम्लाले जनाएको छ ।