
नौरते नेपाली, पुष २३ जुम्ला
नेकपा एमाले जुम्लाको ८ औँ जिल्ला अविधेशनबाट ९० सदस्यीय जिल्ला कमिटी चयन हुँदैछ । ५ जना पदधिकारी सहित ९० सदस्यीय जिल्ला कमिटी चयन हुने नेकपा एमाले जुम्लाले जनाएको छ । सर्वसहमतिका आधारमा नयाँ नेतृत्व चयनमा लागि परेको नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले बताउनु भयो ।
अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उपसचिव २ जना गरि ५ जना पदाधिकारी र बाँकि ९० सदस्यीय जिल्ला कमिटी सदस्य चयन हुने उहाँको भनाइ छ । शनिबारका दिनमा सर्वसहमतिका आधारमा नयाँ नेतृत्व चयन गर्ने एमालेको तयारी छ । यसअघि वडा र पालिकाको पनि एकैपटक अधिवेशन गरेको एमालेले शुक्रबारका दिन देशर जिल्ला अधिवेशन एकै दिन उद्घाटन गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालय थापाथलीबाट विहान ११ बजे गर्नु भएको छ । एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि निष्कृय रहेको जिल्लालाई एकैपटक अपडेट गर्नका लागि एकै मितिमा अधिवेशन गरेको नेकपा एमाले जुम्लाले जनाएको छ । यस्तै एमालेले माघ ८ गते प्रदेश अधिवेशन गर्दै छ ।
नेकपा एमाले जिल्ला अधिवेशनका लागि जुम्लाका ८ वटा स्थानीय तहबाट ४ सय जना प्रतिनिधि छनोट भएर आएका छन् । ३० जना संगठित सदस्य बराबर एक प्रतिनिधि छनोट भएको नेकपा एमाले जुम्लाले जनाएको छ । जिल्ला अधिवेशनबाट नेकपा एमाले जुम्लाले ३३ प्रतिशत महिला र १३ प्रतिशत दलितको सहभागिता गराउँदै छ ।
उद्घाटन सत्रमा कसले के भने त ?
नेकपा एमाले जुम्लाको ८ औँ जिल्ला अधिवेशन सुरु भएको छ । उद्योग वाणिज्य संघ जुम्लाको सभाहलमा भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने कसरतमा नेकपा एमाले लागि परेको छ । सर्वसहमतिका आधारमा ३ वर्षको लागि नेकपा एमाले जुम्लाले नयाँ नेतृत्व चयन गर्न लागेको हो ।
अधिवशेनको उद्घटना सत्रमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रमुख अतिथी रतननाथ योगिले देशको भविष्य निर्माण गर्ने नेकपा एमाले प्रतिको जनलहरले राजनीतिक दिशा निर्देश गरेको बताउनु भयो । नेकपा एमालेसँग सिंगल भिड्ने राजनीतिक पार्टीको नेपालमा कमी रहेको उहाँको भनाइ छ ।
आगामी निर्वाचनमा नेकपा एमालेले जनताबाट जनमत प्राप्त गर्दै पहिलो पार्टी बन्ने योगीले घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, देशको विकास र समृद्धिको दिशामा पार्टी अघि बढेका भन्दै नेकपा एमाले प्रति देशव्यापी रुपमा देखिएको जनलहरले अबको राजनीति बाटो तय हुने टिप्पणी गर्नुभयो । नेपाली जनताको आस्था र भरोसाको पार्टी नेकपा एमाले भएको उहाँको भनाइ छ ।
केन्द्रिय सदस्य योगीले जुम्लामा नयाँ नेतृत्व चयनले राजनीतिक समस्या हल हुने बताउनु भयो । नेकपा एमालेले जुजारु र जनताको आँखाको नानी बन्न सक्ने नेतृत्व चयनमा ध्यान दिनु पर्ने उहाँको भनाइ छ । जुम्ली जनताको समस्या हल गर्न सक्ने नेतृत्व सर्वसहतिबाट चयन हुने योगीले बताउनु भयो ।
नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य तथा पूर्व राज्यमन्त्री बलवहादुर महतले नेपालको विकासमा नेकपा एमाले पार्टीको अग्रणी भूमिका रहेको चर्चा गर्नु भया । भारतले लगाएको नाकाबन्दिलाई डटेर सामना गर्ने देखि सुरुङ्ग मार्ग निर्माण र धराहरा पुननिर्माण लगायतका महत्वपूर्ण काम एमालेको पालामा भएको उहाँको भनाइ छ ।
महतका अनुसार आगामी हुने स्थानीय, प्रदेश र संघको निर्वाचनमा नेकपा एमालेले जनताबाट आरामको साथ बहुमत ल्याएर यो देशको विकासमा सरिक हुने बताउनु भयो । नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले नेकपा एमालेको अधिवेशनले नयाँ नेतृत्व सर्वसहमतिका आधारमा चयन गर्ने बताउनु भयो ।
उहाँले जुम्लाको भूगोल, नेकपा एमालेको भावना र जुम्ली जनताको समस्या हल गर्न सक्ने नेतृत्व चयनमा नेकपा एमालेले ध्यान दिने उहाँको भनाइ छ । अध्यक्ष महतका अनुसार नेकपा एमालेको नयाँ नेतृत्वले आगामी जिल्लाको राजनीतिक भविष्य निर्माण गर्ने बताउनु भयो । नेकपा एमाले जुम्लाको अधिवेशनमा शुभकामना मन्तव्य राख्दै नेपाली काँग्रेस जुम्लाका पार्टी उपसभापति कार्मा बुढाले राजनीतिक सहमतिका आधारमा विकास निर्माण हुने बताउनु भयो ।
जिल्लाको विकासका लागि सबै राजनीतिक दलहरु एकै ठाउँमा आउनु पर्ने उहाँको भनाइ छ । बुढाका अनुसार नेपाली राजनीतिक इतिहासमा नेकपा एमालेले खेलेको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । राप्रपाका विर्षवहादुर कठायतले नेकपा एमालेको पाला देखि जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउन सुरु गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, आफ्नो गाउँ आफै बनाऔँ देखि लिएर देशको विकासमा नेकपा एमालेको महत्वपूर्ण भूमिका रहेको स्मरण गराउनु भयो । भारतको विरुद्धमा खुलेर बाल्ने पार्टी एमाले भएकाले नेपालको राष्ट्रवादि दल नेकपा एमाले बाँहेक अरु हुन नसक्ने उहाँको भनाइ छ । नेमकिपाका जिल्ला अध्यक्ष पूर्णलाल खत्रीले एमसिसिका विरुद्धमा नेपालका राजनीतिक दलहरुले पास गर्न नहुने बताउनु भयो ।
नेपालको हित विपरित रहेको एमसिसिलाई संसदबाट पास गराउने कुरा नेपाली जनताको हितमा नरहेको उहाँको भनाइ छ । नेकपा एमाले जुम्लाको नयाँ आउने नेतृत्वलाई उहाँले अग्रीम बधाई र शुभकामना पनि दिनु भएको छ । अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले प्रदेश कमिटी सदस्य टेकराज पछाई, गोर्खवहादुर पछाई, मेनका रेग्मी, राजशुरण न्यौपाने, धिरेन्द्रराज गिरी र गोर्खवहादुर बुढा लगायतका नेताहरुले सम्बोधन गरेका छन् ।
शुभकामना मन्तव्य राख्ने अधिकांस नेताहरुले सर्वसहमतिका आधारमा नयाँ नेतृत्व चयन गर्न सुझाव दिएका छन् । नेकपा एमालेको जनताको बहुदलिय जनवादलाई आत्मसाथ गर्दै जनताको भावना बुझेको नेतृत्व चयन हुनु पर्ने उनिहरुको सुझाव रहेको छ । नेकपा एमालेको अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले तिन तहको निर्वाचनलाई सफल गर्न पार्टीको रणनीतिलाई जनस्तरमा पुराउने काम गर्नेछ ।