
नौरते नेपाली, पुष २२ जुम्ला
नेकपा एमाले जुम्लाले शुक्रबारका दिन ८ औँ जिल्ला अधिवेशन भव्य रुपमा गर्दैछ । सर्वसहमतिका आधारमा जिल्ला कमिटी चयन गर्ने कसरतमा नेकपा एमाले लागि परेको छ । जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारी र १ सय ४ जना जिल्ला कमिटी सदस्यहरु चयन हुने मुल व्यवस्थापन प्रचार प्रसार समितिका संयोजक सुमन आचार्यले बताउनु भयो ।
अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उपसचिव २ जना गरि ५ जना पदाधिकारी र १ सय ४ जना जिल्ला कमिटी सदस्य सदस्य चयन हुने उहाँको भनाइ छ । संयोजक आचार्यका अनुसार अधिवेशनको सबै तयारी पुरा भइ सकेको बताउदै मुल व्यवस्थापन समितिले प्रतिनिधि छनोट, मञ्च व्यवस्थापन, प्रचार प्रसार, प्रतिनिधिहरुको आवास व्यवस्थापनका साथै अतिथी सत्कार लगायतका सबै तयारीका कामहरु पुरा भइसकेको बताउनु भयो । नेकपा एस बाँहेक अन्य राजनीतिक दलहरुलाई अतिथीका रुपमा आमन्त्रण समेत भइ सकेको आचार्यले बताउनु भयो ।
नेकपा एसलाई भने अधिवेशनमा आमन्त्रण नगर्ने पार्टीको निर्णय भएकाले उक्त दललाई नबोलाईएको उहाँको भनाइ छ । जिल्ला अधिवेशनका लागि जुम्लाका ८ वटा स्थानीय तहबाट ४ सय जना प्रतिनिधि छनोट भएर आएको आचार्यले बताउनु भयो । उहाँका अनुसार ३० जना संगठित सदस्य बराबर एक प्रतिनिधि छनोट भएको बताउनु भयो ।
शुक्रबार विहान ११ बजे उद्योग वाणिज्य संघ जुम्लाको हलमा अधिवेशनको उद्घाटन हुने नेकपा एमाले जुम्लाका पार्टी सचिव धनकृष्ण पाण्डेले बताउनु भयो । यसअघि गएको असोज महिनामा वडा र पालिकाको अधिवेशनबाट एमालेले ३३ प्रतिशत महिला अनिवार्य सहिभागता गराएको उहाँको भनाइ छ ।
१० औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले जिल्ला अधिवेशन पुष २३ गते र प्रदेश अधिवेशन माघ ८ गते गर्दैछ । जिल्ला कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य गराइने पाण्डेको भनाइ छ । हाल १ सय ६५ सदस्यीय जिल्ला कमिटी रहेको भन्दै सचिव पाण्डेले १ सय ५ जना जिल्ला कमिटी नयाँ छनोट हुने जानकारी गराउनु भयो ।
भर्चुअल माध्यमबाट नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलिले पुष २३ गतेका दिन देशभरको जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमाले जुम्लाले जनाएको छ । जुम्लाको अधिवेशन नेकपा एमालेका केन्द्रिय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज रतननाथ योगीको प्रमुख आतिथ्यमा हुने नेकपा एमाले अविधेशन आयोजक कमिटीले जनाएको छ ।
एमालेको विधानमा ३÷३ वर्षमा जिल्ला अधिवेशन गर्नुपर्ने व्यवस्था छ । एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि निष्कृय रहेको जिल्लालाई एकैपटक अपडेट गर्नका लागि एकै मितिमा अधिवेशन हुन लागेको पार्टी अध्यक्ष शान्तिलाल मतहले बताउनु भयो । गएको असोज महिनामा वडा र पालिका अधिवेशन एकैपटक भएको उहाँले जानकारी गराउनु भयो ।