चन्दननाथ नगरपालिका फोहोर व्यवस्थापनमा सक्रिय – Karnali News

चन्दननाथ नगरपालिका फोहोर व्यवस्थापनमा सक्रिय

 ८ पुष २०७८, बिहीबार १८:१६  

रामकृष्ण बुढा, पुष ८ जुम्ला
जुम्लाको मुटुमा रहेको चन्दननाथ नगरपालिका फोहोर व्यवस्थापनमा लागेको छ । बजारमा रहेको फोहोरलाई व्यवस्थापन गर्ने अभियानमा नगरपालिका लागेको हो । जुम्लामा बजारमा महिनौ देखि थुप्रिएको फोहोर उठाउने कामको सुरुवात भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत क्षेत्रवहादुर बुढथापाले बताउनु भयो ।

उहाँका अनुसार बजारमा थन्किएको फोहोरलाई दुनादुनैमा लिने कामको सुरुवात भएको बताउनु भयो । फोहोर व्यवस्थापनका लागि व्यवसायिहरूबाट मासिक शुल्क समेत उठाउन सुरु गरेको उहाँको भनाइ छ । बुढथापाको अनुसार फोहोर व्यवस्थापनको लागि स्थानीय व्यवसायिहरूबाट फोहोर व्यवस्थापन शुल्क उठाउन सुरु गरेको जानकारी गराउनु भयो ।

उहाँका अनुसार सदरमुकाम भित्र रहेका घरयासीबाट मासिक १ सय, व्यवसायिबाट मासिक ३ सय र ठुला उद्योग तथा होटलबाट मासिक १ हजार रुपैयाँ फोहोर शुल्क उठाउन थालिएको बताउनु भयो । चन्दननाथ नगरपालिका जुम्लामा रहेको राजश्व परामर्श समितिको बैठक तथा नगरसभाको निर्णय अनुसार व्यवसायिबाट शुल्क उठान सुरु गरेको बुढथापाको भनाइ छ ।

नगरपालिका भित्रको फोहोरलाई दिगो रुपमा व्यवस्थापन गर्ने कामको सुरुवात भएको उहाँले जानकारी गराउनु भयो । बजारमा बढी फोहोर व्यवसायिबाटै हुने भएको हुँदा शुल्क तय गरेर रकम उठाउन सुरु गरेको निमित्त प्रुमख प्रसासयिक अधिकृत बुढथापाले बताउनु भयो । फोहोर संकलनका लागि गाडी पठाउने रुटहरूमा उद्योग तथा व्यवसाय सञ्चालन गर्दै व्यवसायिबाट व्यवसाय वर्गीकरण गरी नगरपालिकाले फोहोर उठाउन थालेको हो ।

फोहोर संकलन वापतको शुल्क उठाउनका लागि नगरपालिकाले कमर्चारी समेत खटाउने गरेको छ । नगरपालिकाले व्यवसायको प्रकृतिका आधारमा फोहोर शुल्क तोकेको छ । फोहोर व्यवस्थापन कर वापत साना र ठुला व्यवसायिबाट शुल्क उठान सुरु गरेको चन्दननाथ नगरपालिका जुम्लाका फोहोर मैला तथा विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताउनु भयो । बजारको फोहोर नियमित रुपमा उठाउने गरिएको उहाँले बताउनु भयो ।

फोहोर व्यवस्थापनलाई सहज बनाउन व्यवसायिबाट फोहोर शुल्क उठाइएको न्यौपानेले जानकारी दिनुभयो । फोहोर उठाउने काममा सहयोग गरिदिन उहाँले नगरपाबासिलाई अनुरोध गर्नु भएको छ । न्यौपानेका अनुसार फेन्सी तथा होलसेल कपडा पसल, किराना पसल, ईलेक्ट्रोनिक पसल, होलसेल फलफूल तथा तरकारी पसल, व्युटीपार्लर तथा कस्मेटिक पसल र ठूला होटल एवं उद्योगहरुबाट मासिक फोहोर शुल्क लिने गरिएको न्यौपानेले बताउनु भयो ।