
नौरते नेपाली, मंसिर २६ जुम्ला
तिला गाउँपालिका जुम्लाका अध्यक्ष रतननाथ योगी नेकपा एमालेको केन्द्रिय सदस्यमा मनोनीत हुनु भएको छ । नेकपा एमालेको दशौं महाधिवेशनबाट मनोनीत भएको केन्द्रिय कमितिको पहिलो बैठकले योगीलाई केन्द्रिय सदस्यमा चयन गरेको हो । मंसिर २५ गते बसेको नेकपा एमाले केन्द्रिय कमिटीको निर्णय अनुसार जुम्ला जिल्लाबाट योगि केन्द्रिय सदस्यमा मनोनीत हुनु भएको हो ।
नेकपा एमालेले उहाँ सहित अन्य ४३ जनालाई केन्द्रिय सदस्यमा मनोनीत गरेको छ । विधानत ५ प्रतिशत केन्द्रिय सदस्य मनोनीत गर्ने व्यवस्था अनुसार जारी केन्द्रीय कमिटी बैठकले उहाँहरूलाई मनोनीत गरेको हो । केन्द्रिय सदस्यमा चयन हुनु भएका योगिले राजनीतिमा अझै क्रियासिल हुने जिम्मेवारी भएको बताउनुभयो । केन्द्रिय सदस्यको जिम्मेवारीले संगठन विस्तार र जनपक्षिय काम गर्ने अवसर प्राप्त भएको उहाँको भनाइ छ ।