
नौरते नेपाली, मंसिर २६ जुम्ला
राष्ट्रपति विद्यादेवि भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको एमबिबिएस लगायतका शैक्षिक कार्यक्रमको उद्घाटन र चिकित्सा शिक्षाको शैक्षिक भवनको शिलान्यास गर्नु भएको हो । यहि मंसिर १९ गतेबाट सुरु भएको एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम र ७६ करोडको लागतमा निर्माण हुने शैक्षिक भवनको शिलान्यास गर्नु भएको हो ।
जुम्ला र मुलुककै लागि प्रतिष्ठानले आवश्यक र विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मी उत्पादन गर्ने विश्वास गरिएको राष्ट्रपति भण्डारीले लिनु भएको बताउनु भयो । घरआगनमै उच्चस्तरीय मेडिकल शिक्षा अध्ययन गर्न पाउने सफल्ता मिलेको प्रति उहाँल खुसी व्यक्त गर्नुयो । राष्ट्रपति भण्डारीले कर्णालीको सपना र संघर्षले एमबिबिएस लगायतका शैक्षिक कार्यक्रमले सफल्ता प्राप्त गरेको बताउनु भयो ।
उहाँका अनुसार एमबिबिएस पढाइले देश र कर्णालीको शिर उठाएको बताउनु भयो । गौरभमय कर्णालीको इतिहासलाइ पुनजागरण गरी विकास र समृद्धिको मुलधारमा ल्याउन प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास लिनु भएको छ । राष्ट्रपति भण्डारीले प्रतिष्ठानबाट कर्णालीको मुहार फेरिने भन्दै मुलुकको प्रतिष्ठा पनि उच्च हुने बताउनु भयो ।
स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवामा जनताको सहज पहुँच विस्तार हुन सके मात्रै देश साचो अर्थमा विकसित हुने उहाँको भनाइ छ । स्वास्थ्य सेवाको विकेन्द्रिकरण र ग्रामिण क्षेत्रमा सहज पुहँच विस्तार गर्दै उत्कृष्ट उदाहरणका रुपमा स्थापित गराउन प्रतिष्ठानलाई उहाँले शुभकामना समेत दिनु भएको छ ।
गरिबीको दुषचक्रलाई तोडेर समृद्धिको बाटोमा लैजानका लागि उन्नति र प्रगतिका बाटाहरु पहिचान गरी प्रयास त्यसतर्फ केन्द्रित हुनु पर्ने उहाँको भनाइ छ । राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा अकालमा सुत्केरी महिलाले प्रसव पिडाले ज्यान गुमाउनु परेको तितो यथार्थलाई मनन गरी राष्ट्रपति महिला उथान कार्यक्रम अन्तर्गत आस्कमिक हवाई उद्धारको व्यवस्था गरिएको बताउनु भयो ।
प्रतिष्ठानको स्थापनाले गाउँगाउँमा विशेषज्ञ चिकित्सकको उपलब्धता बढ्न गई हवाई उद्धारको आवश्यकता विस्तारै हट्दै जाने विश्वास गरिएको राष्ट्रपति भण्डारीले बताउनु भयो । कर्णालीको जैविक विविधताको सुदपयोग गरि समृद्धि र पर्यटन प्रर्वद्धनको विकासले कर्णालीलाई समुन्त प्रदेशका रुपमा रुपान्तरण गर्न सकिने उहाँले बताउनु भयो ।
राष्ट्रपति भण्डारीले कर्णालीले समृद्धिको फड्को पार्ने संभावना भएकाले शैक्षिक कार्यक्रमले देशभरीको स्वास्थ्य क्षेत्रको ध्यान केन्द्रित गरेको बताउनु भयो । कर्णालीका नागरिकको जीवन स्तर सुधार गर्नको लागि पूर्वाधार विकासमा ध्यान दिन उहाँले ध्यानकर्षण गराउनु भएको छ । विश्व प्रसिद्ध धार्मिक र साँस्कृतिक स्थल मानसरोबर जाने पहुँच मार्ग निर्माणलाई विशेष प्राथमिकता दिनु पर्ने उहाँको भनाइ छ ।
राष्ट्रपति भण्डारीका अनुसार चिनको स्वसाषित क्षेत्र तिब्बत जोड्ने सडक हिल्सा सडक मार्गलाई सम्पन्न गरि अन्तर्राष्ट्रिय सीमा नाकालाई पूर्वाधारयुक्त र सृदृढ पार्नु पर्ने बताउनु भयो । स्वर्गको रानी उपनामले परिचित मुगुको रारा तालको संरक्षण गर्दै पर्यटनको विकास गर्नु पर्ने उहाँको सुझाव छ ।
एक फरक प्रशंगमा उहाँले छाउपडि, धामीझाक्री लगायतका अन्यक रुढीवादी परम्परालाई अन्त्य गर्नका लागि प्रतिष्ठानले उपचारत्मक मात्रै नभइ जनचेतनामुलक कार्यक्रममा पनि ध्यान दिन आग्रह गर्नु भएको छ । नेपालबाट ठुलो संख्यामा चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जाने प्रवृत्तिलाई न्युनिकरण गर्न र शिक्षाको गुणस्तरलाई विश्व स्तरको बनाउन यथेष्ट ध्यान पुराउनु पर्ने राष्ट्रपति भण्डारीले बताउनु भयो ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले रोग र भोगले पछि परेको प्रदेशको विकासमा प्रतिष्ठानले इट्टा थप्ने काम गरेको बताउनु भयो । कर्णाली प्रदेशको इतिहासमा स्वास्थ्य शिक्षाले नयाँ आयम थपेको उहाँको भनाइ छ । संविधानले मौलिक हकमा व्यवस्था गरेको स्वास्थ्य शिक्षाको व्यवस्थालाई कार्यान्वयन गर्न प्रतिष्ठान जुम्लाले सहयोग गर्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
प्रदेश प्रमुख परियारले केन्द्रले कर्णालीलाई प्रथामिकतामा राखेर स्वास्थ्य, शिक्षा र रोजगारको व्यवस्था गर्नु बताउनु भयो । सुगम जिल्ला भन्दा कर्णालाई केन्द्रले दोब्बर बजेटको व्यवस्था गर्नु पर्ने परियारले बताउनु भयो । कर्णाली प्रदेशले कर्णालीका दुर्गम जिल्लालाइ केन्द्रविन्दुमा राखेर बजेट विनियोजन गर्न उहाँले आग्रह गर्नु भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डाक्टर मंगल रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्ययन र अनुसन्धानको केन्द्रका रुपमा विकसित भएको बताउनु भयो । रोग र भोगको परिचय बनाइएको कर्णाली हाल आशाको केन्द्र बनेको उहाँले बताउनु भयो । रावलका अनुसार औषधि र उपचारको अभावले अब कसैले पनि प्राण त्याग्नु नपर्ने उहाँले जानकारी गराउनुभयो ।
प्रतिष्ठानले केन्द्रिय अस्पतालहरुमा अब्बल चिकित्सक पठाएर त्यहाँको अभाव हल गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उहाँको भनाइ छ । कर्णाली प्रदेशका सबै जिल्लामा प्रतिष्ठानले विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको र आगामी दिनमा सेवालाई अझै विस्तार गर्ने योजना रहेको रावलले सुनाउनुभयो ।
सुगमबाट दुर्गममा गुणस्तरीय स्वास्थ्य शिक्षा अध्ययनका लागि गुटामुन्टा कसेर जुम्ला आएको उहाँले सुनाउनु भयो । उपकुलपति रावलले प्रतिष्ठानमा एमडिजिपी लगायत एमडि÷एमस र एमबिबिएस कार्यक्रम संचालनले यसको गरिमा बढेको जानकारी गराउनु भयो । जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान चल्दैन भन्ने भ्रम सदाका लागि अन्त्य भएको उहाँको भनाइ छ ।
ग्रामिण स्वास्थ्य शिक्षाको अनुकरणीय मोडलका रुपमा प्रतिष्ठानको विकास गर्ने लक्ष्य रहेको रावलले बताउनु भयो । उहाँका अनुसार राज्यको प्राथमिकतामा परेको खण्डमा सेवा, शिक्षा र अनुसन्धानका साथै स्वास्थ्य शिक्षाको सूचाङ्कमा परिवर्तन हुने बताउनु भयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत कर्णालीका सयौँ महिलाहरुको अकालमा हुन सक्ने मृत्युलाई बचाएको रावलले बताउनु भयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा राष्ट्रिय र अन्तराष्ट्रिय चासोको विषय बनेको उहाँको भनाइ छ । रावलले मानिसको मृत्यु पश्चात पोष्टमार्टमका लागि सुगमका जिल्लाबाट डाक्टर बोलाउनु पर्ने दिनको अन्त्य भएको स्मरण गराउनु भयो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खातुनले कर्णालीको स्वास्थ्य सूचाङ्कमा सुधार हुने अपेक्षा गरेको बताउनु भयो ।
उपचारको लागि सुगम जिल्लामा जानु पर्ने बाध्यता प्रतिष्ठानले अन्त्य गरेको उहाँको भनाइ छ । खातुनका अनुसार कर्णालीका विरामीको उपचार मात्र नभइ देशभरीकै विरामीको उपचारमा प्रतिष्ठानले सहयोग गर्ने विश्वास गरिएको बताउनु भयो । प्रतिष्ठानलाई देशभर सेवा विस्तार गर्न उहाँले सुझाव दिनु भएको छ । स्वास्थ्य शिक्षामा राज्यलाई सहयोग हुनेगरी जनशक्ति उत्पादनमा जोड दिन उहाँको आग्रह गर्नुभयो ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले स्वास्थ्य क्षेत्रमा कर्णालीले नयाँ आयम थपेको बताउनुभयो । शिक्षण अस्पतालको रुपमा अघि बढेको हुनाले उन्नत भविष्यको स्थायीत्व सुनिश्चित हुने उहाँको भनाइ छ । यस्तै प्रतिष्ठानका पूर्व रजिष्ट्रार श्याम लम्सालले प्रतिष्ठानको स्थापनाको बेला भएका प्रयास र संघर्षबाट एमबिबिएस लगायतका शैक्षिक कार्यक्रमको सुरुवात भएको बताउनु भयो ।
कर्णालीको भविष्य सुरक्षित रहेको बताउँदै उहाँले शैक्षिक कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन आग्रह गर्नु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार नृपेन्द्र महतले कर्णालीको गौरव र इतिहासमा स्वास्थ्य क्षेत्रमा नवयुगको सुरुवात भएको बताउनु भयो । उहाँले भन्नभयो, कर्णाली बासीले घरमै उत्पादन भएको कुरा खाएर अब डाक्टर पढ्न पाउनेछन् ।
स्वास्थ्य शिक्षा आर्जन गर्न टाठा जानु पर्ने दिनको अन्त्य भएको भन्दै महतले कर्णालीले देशलाई चिकित्सक पठाउने बताउनु भयो । चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि २० कोटा छुटाइएकोमा १९ जना भर्ना भएको महतले बताउनु भयो । उहाँका अनुसार बि फर्ममा २० कोटा निर्धारण भएकोमा ११ जना, बिएनएस तर्फ १६ जना, बिएमएस तर्फ ८ र बीपीएच तर्फ ६ जना विद्यार्थी भर्ना भएको जानकारी गराउनु भयो ।
प्रतिष्ठानका लागि सहयोग गर्नेहरुलाई सम्मान
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको छ । राष्ट्रपति विद्यादेबि भण्डारीका हातबाट प्रशंसा पत्र र दोषला ओडाएर सम्मान गरिएको हो । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको नयाँ शैक्षिक भवनको शिलान्यास तथा शैक्षिक कार्यक्रम उद्घाटन गर्न जुम्ला पुग्नु भएका राष्ट्रपति भण्डारीका हातबाट सम्मान गराईएको हो ।
प्रतिष्ठान जुम्लाको स्थापनाको पहल कर्ता संयोजक नेरश भण्डारी, बलवहादुर महत, जग्गा दाता र प्रतिष्ठानका पूर्वपदाधिकारी लगाएतलाई राष्ट्रपतिबाट दोषला र प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको छ ।
राष्ट्रपति भण्डारी जुम्ला आउदाका फोटोहरु
राष्ट्रपति भण्डारी जुम्ला आउदाका फोटोहरु