
कालीवहादुर परियार, मंसिर १९ जुम्ला
महिला स्वास्थ्य स्वयम सेविका दिवसका अवसरमा चन्दननाथ नगरपालिका भित्रका ५ जना महिला स्वास्थ्य स्वयम सेविका सम्मानित भएका छन् । उत्कृष्ट काम गर्ने ५ जना महिला स्वास्थ्य स्वयम सेविका सम्मानित भएका हुन् । सम्मानीत हुनेमा चन्दननाथ नगरपालिका वडा नम्वर ३ कि चाउरी सुनार, वडा नम्वर ६ का चन्द्रा श्रेष्ठ, वडा नम्वर ९ का रत्नकली गिरी, वडा नम्वर १० का कृष्णकला न्यौपाने र वडा नम्वर ६ का लक्ष्मी थापालाई सम्मान गरिएको छ ।
उत्कृष्ट काम गर्ने ५ जना महिला स्वास्थ्य स्वयम सेविकालाई नगद र दोषला ओडाएर सम्मान गरिएको हो । स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम सेविकाले गरेको योगदान र उनीहरूको सम्मानको उच्च कदर गर्दै नगरपाकिाले सम्मान गरेको छ । दिवसको अवसरमा स्वागत मन्तब्य राख्दै चनदननाथ नगरपालिका जुम्लाका पब्लिक हेल्र्थ नर्स उषा रावलले स्वास्थ्य स्वयम सेविकाले गरेको काम सहरानिय भएको बताउनु भयो । बिभिन्न गाउँठाउँमा स्वास्थ्यको पहुँचमा नभएका नागरिकहरुकाको स्वम सेविका सारथी भएको उहाँको भनाइ छ ।
चन्दननाथ नगरपालिका जुम्लाका कार्यबहाक नगर प्रमुख तथा चन्दननाथ नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष मीन बहादुर डाँगीले स्वास्थ्य स्वयम सेविकाले गरेको काम राष्ट्रले पनि ऋण तिर्न नसक्ने बताउनु भयो । उहाँका अनुसार अहिलेको समयमा पनि महिला स्वास्थ्य स्वयं सेविकाको पनि महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्नु भयो ।
आफ्नो अधिकार र कतब्र्यको सँधै पालना गर्नु पर्ने उहाँले सुझाव दिनु भयो । आगामी दिनमा पनि महिला स्वास्थ्य स्वयं सेविकाले गाउँघरमा रहेका नागरिकका लागि महत्वपूर्ण भूमिका खेल्न शुभकामना दिनु भएको छ । यस्तै चन्दननाथ नगरपालिका जुम्लाका निमित्त प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापाका अनुसार महिला स्वास्थ्य स्वयम सेविकाले गरेको कामको उच्च मुल्यांकन गर्नको दिवशको आयोजना भएको बताउनु भयो ।
स्वास्थ्य स्वयम सेविकाले सिकेका कुरा अरु दिदिबहिनीलाई सिकाउन पनि उहाँ सुझाव दिनुभयो । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा प्रमुख पृथ्थीनाथ योगिले बिना पारिश्रमिक काममा खटिने स्वयम सेविकालाई धन्यवाद दिनुभयो । उहाँका अनुसार जुम्लाको चन्दननाथ नगरपालिकामा ९० जान महिला स्वास्थ्य स्वयम सेविका रहेको बताउनु भयो ।