
सीता कुँमाइ, एनिसा हमाल, मंसिर १३ जुम्ला
चन्दननाथ बहुउद्देश्यि सहकारी संस्थाले स्वास्थ्य शिविर सहित सोमबार बिराट शाखाको ११ औँ वार्षिक साधारण सभा गरेको छ । गाउँघरमा कामको व्यस्थताले चेकजाँच गर्न नपाएको सदस्यहरुको समस्यालाइ मध्येनजर गर्दै सहकारीले स्वास्थ्य शिविर सहित साधारणसभा गरेको हो । साधारणसभामा उपस्थित अथिति र सदस्यहरुको स्वास्थ्य परिक्षण संगै बिराट शाखाले आर्थिक वर्ष २०७७÷०७८ मा गरेका कामको लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएकोे चन्दननाथ बहुउद्देश्यि सहकारी संस्थाका संचालक समितिका सदस्य सचिव ऋषि पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिराट शाखाको ७७÷७८ को आय ३४ लाख १० हजार नौ सय ३४ रुपैया रहेको छ । एक वर्षको खर्च १३ लाख ५२ हजार सात सय १८ रुपैँया रहेको छ भने नाफा २० लाख ३४ हजार २ सय १७ रुपैँया रहेको उहाँले बताउनु भयो । यस्तै ८ करोड ५९ लाख सात सय ९० रुपैयाँ लगानी भएको छ भने ३ करोड ४८ लाख ४ हजार तिन सय ८५ रुपैयाँ लगानी उठेको पाण्डेले बताउनु भयो । २ करोड ५२ लाख ५१ हजार तिन सय ५ रुपैँया बाँकि रहेको छ भने १ करोड ८६ लाख १० हजार १३ रुपैयाँ सदस्य बचत रहेको उहाँको भनाइ छ ।
पाण्डेका अनुसार बिराट शाखाको सदस्य संख्या १ हजार ७ सय ६० रहेको छ । बिराट शाखाले आफ्नै जग्गा खरिद गरि भवन निर्माण गरेको र स्वास्थ्य सेवा र अन्य सेन्टर निर्माण गर्ने सुरुवात पनि बिराट शाखा बाटै भएको उहाँले बताउनु भयो । पाण्डेका अनुसार हाल चन्दननाथ सहकारीले १४ वटा सेवा केन्द्र मार्फत आफ्नो कार्य संचालन गरि रहेको बताउनु भयो ।
निकट केहि समयमा प्रदेश सहकारी नियमावली प्रमाणित भएकाले कर्णाली प्रदेश भरिका सम्पूर्ण जिल्लामा सेवा केन्द्र विस्तार गरी आफ्नो कार्य संचालन गर्ने तयारी रहेको पाण्डेले जानकारी दिनुभयो । सहकारी ऐन र संस्थाको विनियम २०७८ बमोजिम संस्थाको नीति नियम पनि सोही बमोजिम परिवर्तन गर्नुपर्ने भएकाले सहकारी संस्था संचालन निर्देशिका २०७८, आर्थिक प्रशासन नियमावली २०७८, कर्मचारी प्रशासन नियमावली २०७८, बचत नीति २०७८, कर्जा नीति २०७८, स्वास्थ्य सेवा संचालन निर्देशिका २०७८, सामुदायिक कार्यक्रम संचालन निर्देशिका २०७८, शिक्षा सेवा संचालन निर्देशिका २०७८ र अन्य संस्थाका आवश्यकता अनुसारका नीति, नियम र निर्देशिका २०७८ साधारणसभाबाट अनुमोदन गराइ देशैभरी कार्यक्षेत्र बिस्तार गर्ने तयारी रहेको पाण्डेको भनाइ छ ।
सहकारीको ११ औँ वार्षिक साधारणसभाले जग्गा बाझो नराखौँ अभियानलाई पनि अघि सारेको उहाँले बताउनु भयो । पछिल्लो समय प्रायः मानिस रोजगारीको लागि विदेशिने भएकाले आफ्ने देशमा पनि स्वरोजगार बन्ने सक्ने भन्दै यो अभियान अघि सारेको उहाँको भनाइ छ । अहिले सहकारीले संचालनमा ल्याएका अर्गानिक पसलहरुमा माग अनुसार अर्गानिक वस्तु पुराउन नसकेकाले उत्पादन बढाउन यो अभियानले सहयोग गर्ने पाण्डेले बताउनु भयो ।
यस्तै साधारण सभामा उपस्थित तिन सय भन्दा बढिको स्वास्थ्य चेकजाँच गरिएको छ । परिक्षण गराएका मध्ये सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र ५ जनाको प्रेसर हाइ भएका बिरामि भेटिएको उहाँले बताउनु भयो । प्रेसर हाइ भएका ५ जना मध्ये २ जनालाई औषधि सेवन गर्न चिकित्सले सुझाव दिइएको पनि पाण्डेले बताउनु भयो ।
स्वास्थ्य परिक्षण गराउन बाँकि सबैको अर्को शिविरमा चेकजाँच गरिने उहाँले बताउनु भयो । सहकारीले वार्षिक साधारणसभा मार्फत महिलाहरुको स्वास्थ्य परिक्षण कार्य नमूना भएकाले समूहमा रहेका महिलाहरु खुसी भएको छन् ।