
नौरते नेपाली, मंसिर ९ जुम्ला
नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा तिला गाउँपालिका जुम्लाका अध्यक्ष रतननाथ योगिले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषण गर्नु भएको छ । शुक्रबार देखि चितवनमा सुरु हुन लागेको एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा पिछडिएको क्षेत्रबाट योगिले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।
विगत लामो समय देखि राजनीतिकमा सक्रिय रहनु भएका योगिले १० औँ महाधिवेशनबाट आफु प्रतिस्पर्धाका आधारमा केन्द्रिय सदस्य हुने अपेक्षा गरेको बताउनु भयो । नेकपा एमाले जुम्लालाई मजबुद्ध र सुदृढ गर्नको लागि आफुले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेको उहाँले बताउनु भयो ।
योगिका अनुसार युवा पिडिबाट नेतृत्वमा जाँदा नयाँ जोस र जागर सहितको पार्टीलाई चलायमान बनाउन सकिने प्रतिक्रिया दिनुभयो । महाधिवेशनमा सहभागी हुन चितवनको भरतपुर पुग्नु भएका योगिले आफुलाई मत दिएर विजयी गराउन सहभागी प्रतिनिधिहरुलाई अनुरोध समेत गर्नु भएको छ ।
विगत लामो समय देखि पिछडिएको क्षेत्रमा बसेर नेकपा एमालेको राजनीतिमा सहभागि भएकाले केन्द्रिय नेतृत्वसँग जोडिएर काम गर्ने चाहाना रहेको उहाँको भनाइ छ । केन्द्रिय सदस्यमा आफ्नो उपस्थितले सिंगो जुम्लाको राजनीतिले फरक मोड लिने भएकाले केन्द्रिय तहको नेतृत्वले पनि पछि परेको क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्ने उहाँले बताउनु भयो ।
नेकपा एमालेको दशौँ महाधिवेशनमा सहभागी प्रतिनिधिलाई भोट दिएर आफुलाई विजयी गराउन योगिले आग्रह गर्नु भएको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले जुम्लाको तिला गाउँपालिकाको अध्यक्ष मात्र जितेको थियो । यहाँका अरु सात स्थानीय तहमा एमालेका उम्मेदवार पराजय भएका थिए ।
एमाललेबाट योगि मात्र जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा विजयी हुनु भएको थियो । नेकपा एमाले जुम्लाका प्रभावशाली र युवा पुस्ताका उर्जावान नेताका रुपमा उहाँलाई हेरिन्छ । जुम्ला बहुमुखी क्याम्पसको सचिव हुँदै सभापतिबाट राजनीतिकमा प्रवेश गर्नु भएका योगिले सानोठिमी क्याम्पस स्ववियु सचिव र अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष भई काम गरि सक्नु भएको छ ।
रापसका केन्द्रीय सदस्य हुदै जुम्ला काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष, कर्णाली स्ववियु काउन्सिल केन्द्रीय कमिटि सदस्य,जिल्ला युवा समिति अध्यक्ष हुदै एमाले जिल्ला कमिटि पार्टी सचिव २०६४ सालदेखि २०७० सालसम्म पार्टी सचिवको भूमिकामा रहेर काम गरि सक्नु भएको छ । हाल उहाँ गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।