सातौँ राष्ट्रिय उद्योग दिवस – Karnali News

सातौँ राष्ट्रिय उद्योग दिवस

 ९ मंसिर २०७८, बिहीबार १८:३०  

कालीवहादुर परियार, मंसिर ९ जुम्ला
सातौँ राष्ट्रिय उद्योग दिवस जुम्लामा पनि बिभिन्न कार्यक्रम गरी मनाईएको छ । “स्वदेशी उद्योग र उत्पादन, दिगो आद्योगीक पुनरुत्थान” भन्ने मुल नाराका साथ जुम्लामा बिहिबारका दिनमा होटेल दौतरीमा कार्यक्रमको आयोजना गरी मनाईएको हो । कार्यक्रममा र्याली समेत गरेर बजार परिक्रमा गरीएको छ ।

उद्योग र पूर्वाधार, समृद्धिको आधार, उद्योग दर्ता गरौँ सफल उद्यमी बनौँ लगायतका प्ले कार्ड बोकेर बजार अनुगमन गरीएको छ । सातौँ राष्ट्रिय उद्योग दिवसका अबसरमा शुभकामना मन्तब्य राख्दै जिल्ला समन्वय समितिका उपप्रमुख तथा नेपाली काँग्रेस जुम्लाका उपसभापति कार्मा बुढाका अनुसार कार्यक्रममा भएका नाराले जुम्ला जिल्लालाई नै आत्मनिर्भर बनाउने मार्ग दर्शन देखाउने बताउनु भयो ।

उहाँका अनुसार जुम्लामा उद्योग दर्ता गर्नेहरुले उत्पादनमा नभएर अनुदानका लागि उद्योग दर्ता गराउनेको संख्यामा बृद्धि भएको बताउनु भयो । उद्योग दर्ता गर्नु भन्दा पहिले म के गर्दैछु भनेर एक पटक आफ्नो प्लानिङ् गर्नु पर्ने उहाँको भनाइ रहेको छ । बुढाका अनुसार उद्योग दर्ता गरी सके पछि उत्पादनमा बढी जोड दिइ उद्योगबाट नाफा दिन समेत उहाँले सम्पूर्ण उद्योगहरुलाई अनुरोध गर्नु भएको छ ।

यस्तै कार्यक्रममा शुभकामना मन्तब्य राख्दै उद्योग बाणिज्य संघ जुम्लाका उपाध्यक्ष पुरीचन्द्र देवकोटाका अनुसार जुम्ला जिल्लाको प्रत्येक महिनामा उद्योग दर्ता भएको भन्दै सदुपयोगमा नआएको बताउनु भयो । उहाँका अनुसार उद्योग दर्ता गर्दा आफ्नो पुजी नभएमा पनि अहिले विभिन्न बैंकहरूले उद्यमी ऋण उपलब्ध गराउने भएकाले ऋण पाउने आशामा उद्योग दर्ता हुने गरेको बताउनु भयो ।

दर्ता भएका उद्योगलाई सञ्चालनमा ल्याउन उहाँले अनुरोध गर्नु भएको छ । यस्तै कार्यक्रममा बोल्दै पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोबिन्द बहादुर महतका अनुसार उद्योग दर्ता गर्ने अनि पाना नम्बर लिनुको कुनै पनि औचित्य नहुने बताउनु भयो । उहाँका अनुसार कार्यालयले प्रधान गरेका यान्त्रिकरण सामाग्रीको सहि सदुपयोग हुनु पर्नेमा जोड दिनु भयो ।

आगामी दिनमा कार्यालयको तर्फबाट जुम्लामा रहेका सबै उद्यमीलाई व्यवसायको प्रकृति हेरी सहयोग गर्ने बताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै जुम्ला गुठीचौर गाउँपालिका वडा नम्वर ३ का उद्यमी चित्र बहादुर बुढाका अनुसार आफुले १२ बर्ष सम्म बिदेशका बिभिन्न देशमा पसिना बगाएको बताउनु भयो ।

पहिले जुम्लामा उत्पादन भएका कृषि बस्तुको पहिचान नभएकाले यसको संरक्षमा पनि हेला भएको उहाँले बताउनु भयो । आफु बिदेशबाट पर्के पछि आफ्नै देशमा केहि गर्नु पर्छ भनेर आफुले सुर एण्ड सुपुन्ना अर्गानीक होटेल सञ्चालन गरी एक सफल उद्यमीको रुपमा स्थापीत भएको बताउनु भयो । उहाँका अनुसार आफुले पहिले स्थानीय बालीबाट उत्पादन भएको बिस्कुट आगोमा पोलेर बनाउने गरेको बताउनु भयो ।

पछि आएर उद्योग तथा उपभोक्ता हित कार्यालयले अनुदानमा मेसिन उपलब्ध गराए पछि अहिले सहज भएको बताउनु भयो ।  आफ्नो उद्यम प्रति सहयोग गर्ने कार्यालयलाई धन्यवाद समेत दिनु भएको छ । उहाँले आफ्नो भनाई सँगै गुठिचौर र आफ्नो होटेलका बारेमा एक गित समेत प्रस्तुत गर्नु भएको छ ।

यस्तै कार्यक्रममा दुई जना उत्कृष्ठ उद्यमीलाई प्रोत्सान समेत गरीएको छ । प्रोत्साहित हुनेमा जुम्ला गुठिचौर गाउँपालिका वडा नम्वर ५ धिता गाउँका बिष्णु धिताल र चन्दननाथ नगरपालिका वडा नम्वर ८ का धर्मराज बोहोरा उत्कृष्ठ उद्यमीको रुपमा सम्मानीत हुनु भएको छ ।