
कालीवहादुर परियार, कार्तिक २७ जुम्ला
जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगीताको उपाधि पुरुष तर्फ पातारासि र महिला तर्फको उपाधि तातोपानी गाउँपालिकाको टीमले हात पारेका छन । महिला तर्फको फाइनल खेलमा गुठीचौर गाउँपालिकाको टीमलाई सोझो तिन सेटले हराउदै तातोपानी गाउँपाकिलो टीम विजयी भएको छ । यस्तै पुरुष तर्फको फाइनल खेल पातारासि र तिला गाउँपालिकाको टीमका बिच दुई÷दुई सेट बराबरी भएको थियो ।
अन्तिम निर्णायाक खेलमा १५÷१३ मा पातारासि गाउँपालिकाको टीम विजयी भएको हो । महिला तर्फको सर्वउत्कृष्ठ खेलाडी तिलाको देवकि देवकोटा र पुरुष तर्फको सर्वउत्कृष्ठ खेलाडीको उपाधि पातारासिको हर्क वहादुर बुढाले प्राप्त गरेको रेफ्रि लक्ष्मीवहादुर रावलले जानकारी दिनुभयो ।
यस्तै पुरुष तर्फको द्धितिय पुरस्कार तिला गाउँपालिका र महिला तर्फको द्धितिय पुरस्कार गुठिचौर गाउँपालिकाले पुरस्कार हात पारेको जिल्ला खेलकुद बिकास समिति जुम्लाले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुन सफल पातारासि गाउँपालिकाको टीमले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
द्धितिया हुने तिला गाउँपालिकाको टीमले नगद ३५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेले बताउनु भयो । महिला तर्फको प्रथम पुरस्कार तातोपानीको टीमले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्धितिया हुन सफल गुठीचौर गाउँपालिकाको टीमले नगद ३५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेले जिल्लामा रहेका खेलाडीको खासै पहिचान हुन नसकेको बताउनु भयो । उहाँका अनुसार जुम्लाका खेलाडीहरु आर्थिक अबस्थाका कारणले पछि परेको बताउनु भयो । अध्यक्ष पाण्डेका अनुसार खेल प्रति आस्था राख्ने खेलाडीहरुलाई राज्यलेनै जिउनको लागि ब्यवस्था मिलाउनु पर्ने धाराणा राख्नु भयो ।
जुम्लाका राम्रा खेलाडीहरु अवसर र आर्थिक समस्याका कारणले पछि परेको पाण्डेले बताउनु भयो । उहाँका अनुसार खेल क्षेत्रमा छनौट भएका खेलाडीको नामावाली जिल्लामा पत्रकार सम्मेलन गरेर सार्वजनीक गरिने बताउनु भयो । प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले क्षेत्रीय खेलमा सहभागिता जनाउने बेला सबै ब्यवस्थापन जिल्ला खेलकुद बिकास समितिले गर्ने उहाँले बताउनु भयो ।
यस्तै सहआयोजक गुठीचौर गाउँपालिकाका अध्यक्ष हरी बहादुर भण्डारीका अनुसार मर्यादित र शान्त वातावरणमा खेल खेल्ने खेलाडीहरुमा धन्यावाद ब्यक्त गर्नु भएको छ । कारोनाले थला परेको खेल क्षेत्रको विकास गर्न प्रतियोगिताले सहयोग गरेको उहाँको भनाइ छ । जिल्ला खेलकुद विकास समिति जुम्लाको आयोजना र गुठीचौर गाउँपालिका जुम्लाको सहयोजनामा मुख्य मन्त्री कप भलिबल प्रतियोगिता झारज्वालामा भएको थियो ।