
नौरते नेपाली, कार्तिक २५ जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कर्मचारिहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतवनी दिएका छन् । बुधबार प्रतिष्ठानका उपकुलपति सहित प्रतिष्ठानका पदाधिकारिलाई सरकारले हस्तक्षेप गरि प्रतिष्ठानलाई पदाधिकारी बिहिन गराएको प्रति प्रतिष्ठानका कर्मचारिले विरोध जनाएका हुन् ।
विज्ञप्तिमा मंसिर देखि MBBS, BNS, B.pharm लगायतका कार्यक्रम सञ्चालन हुने अवस्थामा राज्यको हस्तक्षपले हामी सम्पूर्णमा बिभिन्न आशंका उत्पन्न भइ दुर्गममा चिकित्सा शिक्षा संचालन गर्न थप जटिल हुने भनिएको छ । प्रतिष्ठान विरुद्ध लेखिएको समाचारकै आधारमा प्रतिष्ठानलाई पदाधिकारी बिहिन बनाउनु र कामकाजमा बाधा उत्पन्न गरिनु प्रतिष्ठानको भबिष्य माथि नै खेलबाड गरेको विज्ञप्तिमा भनिएको छ ।
यस प्रतिष्ठानलाई सहयोग गर्नुको साटो बिभिन्न ब्यक्तिको स्वार्थमा लागि राजनीतिक दाउपेचमा लागेको प्रतिष्ठान शिक्षक चिकित्सक तथा कर्मचारिहरुले निकालेको विज्ञप्तिमा उल्लेख छ । तत्काल आफूहरुले उठाएका मागहरुको सम्बाधेन नगरे संघर्षका कार्यक्रम सहित अगाडि बढ्ने पनि पत्रमा उल्लेख छ ।
यसैबिच उक्त ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी मार्फत स्वास्थ्य मन्त्रालयलाई पठाईएको प्रतिष्ठानका एक कर्मचारिले बताउनु भयो । प्रतिष्ठानका पदाधिकारीलाई कामकाजमा रोक लगाएको प्रति कर्मचारीहरुले गम्भिर ध्यानकर्षण भएको विज्ञप्तिमा लेखेका छन् । मन्त्रालयले गरेको निर्णयले गर्दा प्रतिष्ठानको भविष्य माथि खेलबाड गर्न खोजिएको बताईएको छ ।
प्रतिष्ठानका उपकुलपति डा.मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतका विषयमा गुनासो आएपछि प्रतिष्ठानको सहकुलपति समेत रहनु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्री स्तरीय निर्णय गर्दै दैनिक कामकाज गर्न रोक लगाउने निर्णय गर्नु भएको थियो । मन्त्री खतिवडाले यस विषयमा छानबिन गर्न समिति गठन गर्ने तयारी समेत गरेको स्रोतको दाबि छ ।