एमालेसँग एक्लै निर्वाचन लड्ने तागत कसैसँग छैन ः अध्यक्ष कँडेल – Karnali News

एमालेसँग एक्लै निर्वाचन लड्ने तागत कसैसँग छैन ः अध्यक्ष कँडेल

 २४ कार्तिक २०७८, बुधबार ११:०४  

नौरते नेपाली, कार्तिक २४ जुम्ला
नेकपा एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्प कँडेलले कर्णाली प्रदेशमा ४० प्रतिशत गरिबी रहेको बताउनु भयो । नेकपा एमाले जुम्लाको आर्थिक व्यवस्थापनको अवस्थाका बारेमा अध्ययन तथा अवलोकन गर्न जुम्ला पुग्नु भएका उहाँले पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो ।

प्रेस चौतारी नेपाल जुम्लाको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले अर्थतन्त्रका हिसाबले बलियो कर्णाली प्रदेशको गरिबी घटाउनको लागि राष्ट्रियोजना आयोगको उपाध्यक्ष हुँदा महत्वपूर्ण योजना अघि सारेको जिकिर गर्नु भयो । कर्णाली राजमार्गको स्तरवृद्धि देखि महाबु जुम्ला सडकका लागि ६० करोड रकम विनियोजन भएको उहाँको भनाइ छ ।

हुम्लालाई राष्ट्रिय राजमार्गमा जोड्नको लागि कर्णाली करीडोरमा लाखौँ रकम राष्ट्रिय योजना आयोगले विनियोजन गरेको कँडेलले बताउनु भयो । उहाँका अनुसार आफ्ना पालामा राष्ट्रिय योजना आयोगले महत्वपूर्ण योजनामा रकम विनियोजन गरेको दावी गर्नुभयो । कर्णालीमा पूर्वाधारको विकास नभएको भन्दै उहाँले आउदा दिनमा पुन पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएमा कर्णालीको विकासलाई पहिलो प्राथमिकता दिने बचनवद्धता गर्नु भएको छ ।

कर्णाली राजमार्ग हुँदै जुम्ला पुग्नु भएका कँडेलले राजमार्गको विकास सोचे जस्तो हुन नसकेको स्वीकार गर्नुभयो । कर्णाली राजमार्गको स्तवृद्धिका लागि रकम विनियोजन गरिए पनि अनुगमन प्रणाली फितलो भएकै कारण विकासले गति लिन नसकेको उहाँको भनाइ छ । आफ्ना पालामा कर्णालीलाई अन्य प्रदेशको तुलनामा विशेष अनुदान दिने नीति निर्माण भएको उहाँले जानकारी गराउनु भयो ।

कर्णाली र प्रदेश नम्बर २ मा रहेको गरिबी निवारणका लागि राष्ट्रिय योजना आयोगले ठोस नीति तय गरेको कँडेलले सुनाउनुभयो । कर्णाली प्रदेश साधन र स्रोतमा सम्पन्न भएको उहाँले बताउनुभयो । एक फरक प्रशंगमा अध्यक्ष कँडेलले नेकपा एमाले सँगै एक्लै निवाचन लड्ने तागत कसैसँग नभएको बताउनु भयो ।

सत्तामा रहेका ५ वटा पार्टीले गठबन्धन गरेपनि एमालले सानदार ढंगले निर्वाचन जित्ने बताउनु भयो । एमाले चोइटिएर गएकोमा सबैले हाउगुजी बनाएको छन उहाँले भन्नुभयो माओवादिबाट एमालेमा आएकाहरुको गणनै छैन् । उहाँका अनुसार नेकपा माओवादि केन्द्रका ४ जना स्थायी कमिटी सदस्य र २२ जना केन्द्रिय सदस्य नेकपा एमालेमा रहेको जानकारी गराउनु भयो ।

वर्तमान गठबन्धन निर्वाचन सम्म टिक्न गाह्रो हुने उहाँको भनाइ छ । गठबन्धन भित्रै अहिले नै फाटो आइ सकेको बताउँदै अध्यक्ष कँडेलले निर्वाचन सम्म एक हुने कुरा दिवा सपना जस्तै भएको बताउनु भयो । एमालेसँग एक्लै लड्ने हिक्मत कसैसँग नभएकाले गठबन्धन गरिएको उहाँको आरोप छ ।

एमालेलाई हराउन र एक्लो बनाउन विभिन्न तानाबुना रचिए पनि एमाले नडराउने कँडेलले बताउनु भयो । देशको सबै भन्दा ठुलो शक्ति एमाले हो उहाँले भन्नुभयो एमाले प्रति जनताको आशा रहेकाले पुन पनि निर्वाचनबाट एक नम्बर पार्टी भएर सत्तामा पुग्ने लक्ष्य रहेको बताउनु भयो ।