मालपोतबाट नागरिकलहरुले सेवा नपाएको गुनासो – Karnali News

मालपोतबाट नागरिकलहरुले सेवा नपाएको गुनासो

 १२ कार्तिक २०७८, शुक्रबार १०:५९  

सीता कुमाई, कार्तिक १२ जुम्ला
जिल्ला मालपोत कार्यालय जुम्लामा जनशक्ति र उपकरणको अभावले सेवा प्रभावहमा समस्या देखिएको छ । समयमै सेवा प्रभावह नहुँदा नागरिकले समस्या भोग्नु परेको छ । महिनौ दिन भइ सक्दा पनि सेवा नपाएको नागरिकहरुले गुनासो गरेका छन् । जग्गा कित्ताकाट गर्ने र जग्गा नामसारी गर्ने लगायतका काम गर्न महिनौ दिन लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका हुन् ।

कर्मचारी अभावकै कारणले पटक पटक काम नभएर घर फर्कनु पर्ने बाध्यता रहेको उनिहरुले बताएका छन् । हिमा गाउँपालिका घर भएका रङ्गबिर कामीले अंशबण्डाको काम लिएर साउन महिना देखि मालपोत कार्यालय धाउनु भएको छ । तर, उहाँको काम भएको छैन् । कामी प्रतिनिधि पात्र मात्रै हुन । उहाँ जस्ता सयौँ सेवाग्राहीको काम मालपोतमा थन्किएको छ ।

कामको लागि आवश्यक पर्ने सबै कागजातहरु पेश गर्दा पनि यो कागज मिलेन त्यो कागज मिलेन भनेर फर्काउने गरेको कामीले बताउनु भयो । एउटै कामको लागि बारम्बार आइरहदा गाडि भाडा र खान बस्नमा ठूलो रकम खर्च भइ सकेको उहाँले बताउनु भयो । पटक पटक कार्यालयका कार्मचारीलाई कामको बारेमा सोधपुछ गर्दा काम हुन्छ भनेर टार्ने गरेको उहाँको भनाइ छ ।

जग्गा पास गर्नको लागि तातोपानी गाउँपालिका ४ का रामकली रोकाया पनि साउन महिना देखि मालपोत कार्यालयमा धाइरहनु भएको छ । पहिलो पटक आउँदा माइतिको नागरिकताबाट जग्गा नामसारी गर्न नमिल्ने भने पछि सबै कागजात जुटाउदा पनि आजसम्म काम हुन नसकेको रोकायाले जानकारी दिनुभयो ।

बिहान १० बजे देखि काम हुने आशमा लाइनमा बस्यो ? तर दिनभर बस्दापनि काम नहुदा निरास भएर घर फर्कने गरेको उहाँले बताउनु भयो । कर्मचारीलाई काम कतिखेर हुन्छ भनेर सोध्दा सिस्टमले काम गरेको छैन लाइनमा बस्नु पालो आउछ भन्ने गरेको रोकायाको भनाइ छ । तातोपानी गाउँपालिकाकै कैलो सार्कीलाई जग्गा नामसारी लिन करिब चार महिना लाग्यो ।

बुवाको नाममा रहेको जग्गा भाइभाइका नाममा अंशबण्डा गर्न पनि चार÷चार महिना एउटै काममा हिड्नु परेको सार्की बताउनु हुन्छ । काम हुने आशले २ सय रुपैया भाडा तिरेर आयो कार्यालयमा आउदा वडाको सिफारिस चाहिन्छ भनेर फर्काइएको छ । कागज नमिलेको भन्दै काममा ढिला सुस्ति हुने गरेको उहाँले बताउनु भयो ।

कार्यालयबाट सेवा प्रभावकारी हुन नसकेको उहाँको गुनासो छ । स्थानीय हरिहर चौलागाईले मालपोत कार्यालयमा कर्मचारीको लापरबाहीले सेवाग्राहीले समयमै सेवा पाउन नसकेको बताउनु भयो । मालपोतमा सेवा लिन आउने सेवाग्राहीले आवश्यक कागजातको बिषयमा थाहा नभएकोले पनि काम नगरेर फर्किनु परेको उहाँले बताउनु भयो ।

दक्ष कर्मचारीको कमी भएको र इन्टरनेट गुणस्तरीय नहुँदा कति सेवाग्राहीले समयम सम्म सेवा पाउन नसकेको उहाँको भनाइ छ । कर्मचारीहरु समयमै कार्यालयमा उपस्थित नहुने गरेको पनि उहाँले बताउनु भयो । सेवा लिनको लागि टाढा टाढाबाट आउने गरेको र समयमै काम नहँुदा निकै सास्ति भोग्नु परेको उहाँले बताउनु भयो ।

सरकारी कार्यालयमा अनलाइनबाट कामकाज सुरु हुँदा काम गर्न निकै ढिलासुस्ती भएको जिल्ला मालपोत कार्यालय जुम्लाका कार्यालय प्रमुख नरेन्द्र वहादुर रोकायाले जानकारी दिनुभयो । कार्यालयमा सम्पूर्ण काम कम्युटरबाट गर्नु पर्ने र कम्यूटर अर्पेटर पद नै रिक्त रहेकोले काम प्रभावकारी हुन नसकेको रोकायाको भनाइ छ ।

उहाँका अनुसार करार पदमा जनशक्ति राख्दा तलब दिन सक्ने अबस्था नभएकाले कार्यालयमा भएका जनशक्तिबाट काम गर्नु पर्दा ढिलो हुने गरेको बताउनु भयो । टोकन प्रणालीको सुरुवात गर्दा लाइनमा बस्न नपर्ने र समयमा काम हुने गरेको थियो उहाँले भन्नुभयो हिजो आज कामको समय भएकाले भिडभाड काम भएकाले टोकन सेवा बन्द हुँदा काममा ढिलो हुने गरेको रोकायाको भनाइ छ ।

सेवाग्राही बढी र कर्मचारी कम हुँदा काममा अलि ढिलो भएको मात्र हो रोकायाले भन्नुभयो यसमा कार्यालयले लापरबाही गरेको भन्न नमिल्ले बताउनु भयो