नेपाली काँग्रेसको प्रदेश अधिवेशन सुरु – Karnali News

नेपाली काँग्रेसको प्रदेश अधिवेशन सुरु

 १२ आश्विन २०७८, मंगलवार १९:०९  

नौरते नेपाली, असोज १२ जुम्ला
नेपाली काँग्रेस जुम्ला जिल्लाको प्रदेश सभा (क) र (ख) को क्षेत्रीय कार्यसमितिको मंगलबार प्रथम अधिवेशनको उद्घाटन भएको छ । नेपाली काँग्रेसको पूर्व कार्यतालिका अनुसार अधिवेशन सुरु भएको हो । वडा, गाउँ र नगरको अधिवेशन सकाए पछि काँग्रेसले प्रदेशको अधिवेशन सुरु गरेको छ ।

प्रदेश (क) अधिवेशनको उद्घाटन सत्रमा बोल्दै कर्णाली प्रदेशका जलस्रोत मन्त्री दिनबन्दु श्रेष्ठले समृद्ध मुलुक निर्माण गर्ने अभिभारा नेपाली काँग्रेसको काँधमा आएको बताउनु भयो । देशको शासन चलाउने जिम्मेवारी पाएका कम्युष्टिहरु टुटफुटमा अल्झिएको हुनाले देश निर्माणको जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको उहाँको भनाइ छ ।

देश चलाउने काँग्रेसका नेताहरु क्षमतवान, भ्रष्टचारहित, देशप्रेमि र नेपाली जनताको भलो चाहने नेतृत्व आजको आवश्कयता रहेको उहाँले बताउनु भयो । पार्टीको निर्वाचनको बेला समूहमा विभाजन नभइ एकता, सहमति र सहकार्यका आधारमा अघि बढ्नु पर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

उहाँले भन्नुभयो, पार्टीलाई एकतबद्ध गरि लैजाने जिम्मेवारी सबैको हो ? यसमा समूह र उपसमूह आवश्यक नरहेको प्रतिक्रिया दिनुभयो । वडा हुँदै जिल्ला सम्म हुने निर्वाचनबाट असल र चरित्रवान नेतृत्व चयन गर्न काँग्रेसका मतदातालाई उहाँले सुझाव दिनु भएको छ । संविधानसभा सदस्य तथा पूर्व सांसद ललितजंग शाहीले नेपाली काँग्रेसको मार्गदशनलाई चिनेको, पार्टीलाई सहज तवरले अवतरण गर्न सक्ने लिडर चयन गर्न सबैलाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसले निष्ठा र त्यागको राजनीतिक गर्ने भएकाले पदलोभि नहुन पनि उहाँले अनुरोध गर्नु भएको छ । नेपाली जनताको लोकप्रिय पार्टीलाई कतैबाट पनि आच आउने कार्यमा सहभागि नगराउन उहाँले पार्टी नेता र कार्यकर्तालाई आग्रह गर्नु भएको छ । नेपाली काँग्रेस प्रदेश (क) का सभापति लछिमन बोहोराले सहमति र सहकार्यका आधारमा नेतृत्व चयन हुने बताउनु भयो ।

वर्तमान सभापतिका नाताले पुन आफ्नो दावि प्रदेश (क) को सभापतिमा रहने उहाँको भनाइ छ । नेपाली काँग्रेसको १३ औँ जिल्ला अधिवेशनका प्रत्यासी सभापति खड्गवहादुर सेजुवालले प्रतिपक्षसँगको लडाईका लागि नेपाली काँग्रेस तयार हुनु पर्ने बताउनु भयो । पार्टी भित्रको अन्तरविरोधका पछि नलागि पार्टीको हित र भलाइका लागि सक्रिय हुन उहाँले अनुरोध गर्नु भएको छ ।

१३ औँ जिल्ला अधिवेशनमा पराजित भएको भन्दै सेजुवालले यस पटक पनि सभापतिमा आफ्नो दावि रहेको घोषणा गर्नु भएको छ । उहाँले भन्नुभयो, खड्ग सेजुवाल उम्मेदवारीबाट पछि हटि सक्यो भन्नु भ्रम भएको जानकारी गराउनु भयो । नेपाली काँग्रेसका महासमिति सदस्य तथा मेयर कान्तिका सेजुवालले पार्टी भित्र महिलाहरु प्रयोग हुने र फ्याकिने चलनबाट माथि उठ्नु पर्ने बताउनु भयो ।

अरुबाट महिलाहरु परिचालित भएमा महिलाको सपनाहरु चकनाचुर हुने उहाँको भनाइ छ । सेजुवालका अनुसार महिलाका लागि राज्यले दिएको ३३ प्रतिशतको अधिकार पार्टी भित्र पनि लागु हुनु पर्ने बिचार राख्नुभयो । पार्टीलाई जीवन्त राख्नको लागि असल नेतृत्वको खोजि हुनु पर्ने उहाँको भनाइ छ ।

प्रतिनिधिसभाका प्रत्यासी उम्मेदवार देवेन्द्रवहादुर शाहीले नेपाली काँग्रेसको पर्व चलेको हुनाले सबैको मनजित्न सक्नु पर्ने बताउनु भयो । नेपाली काँग्रेसलाई हाक्न सक्ने नेतृत्व पार्टीले खोजि गरेको शाहीको भनाइ छ । यस्तै नेपाली काँग्रेसका पार्टी सचिव कर्णवहादुर शाहीले जिल्लाको विकास र निकास दिन सक्ने नेतालाई काँग्रेसले छान्न सक्नु पर्ने बताउनु भयो ।

पार्टी भित्रको समूहले गर्दा उम्मेदवार छनौट गर्न सकस परेको उहाँले सुनाउनु भयो । नेपाली काँग्रेसको नेतृत्व चउन गर्न आएका मतदातालाई विवेक प्रयोग गर्न शाहीले अनुरोध पनि गर्नु भएको छ । प्रदेश “क” को सपभाति चयनका लागि ४ सय ९१ जनाले मतदान गर्ने भएका छन् । प्रदेश ‘क’ को सभापतिमा संस्थापन पक्षका नारायण बहादुर शाही र पौडेल पक्षका लक्षिमन बोहोरा तथा प्रदेशको ‘ख’ को सभापतिमा संस्थापन पक्षका भीमनिधि हमाल र पौडेल पक्षका कालीबहादुर बुढाका बिच प्रतिस्पर्धा हुने छ ।

नेपाली काँग्रेसले प्रदेश (क) र (ख) को निर्वाचन नगरि सकभर सहमतिमा नेतृत्व चयन हुने जनाएको छ । जिल्ला सभापतिहरुमा संस्थापन पक्षबाट कर्णबहादुर शाही र पौडेल पक्षबाट वर्तमान पार्टी सभापति दीपबहादुर शाहीको उम्मेदवारी टुङ्गो लागेको काँग्रेसले जनाएको छ । यो अधिवेशनबाट प्रदेशमा १२ पदाधिकारी जाने र जिल्ला कार्यसमितिको ५१ सदस्यीय हुने जनाईएको छ । यही असोज १५ गते हुने जिल्ला अधिवेशनमा ९ सय ६५ जना मतदाताले भाग लिने काँग्रेस जुम्लाले जनाएको छ ।